शुक्रबार, कार्तिक ९, २०८१

यू–१९ क्रिकेट छनोट प्रतियोगिताको उपाधि सुर्खेतलाई

  
कर्णाली टाइम्स शुक्रबार, कार्तिक ९, २०८१


सुर्खेत। वाइवाई अन्डर–१९ कर्णाली प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत रुकुम पश्चिमलाई तीन विकेटले पराजित गर्दै सुर्खेतले उपाधि लिएको छ। शुक्रबार भएको अन्तिम खेलमा रुकुम पश्चिमले दिएको १५३ रनको लक्ष्य घरेलु टिम सुर्खेतले ७१.१ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो।

टस जितेर पहिले ब्याटिङ गरेको रुकुम पश्चिमले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५२ रन बनायो।

रुकुम पश्चिमका युनिशविक्रम सिंहले सर्वाधिक ५४ रन बनाए। ७३ बल खेलेका सिंहले पाँच चौका र एक छक्का प्रहार गरे। यस्तै ओपनर अर्विन्द घर्तीले ३० रन बनाए भने सनिष खत्रीले १७ रनको योगदान दिए। अनुज चुनारा २२ रन बनाएर नटआउट रहे।

सुर्खेतका सुदीप बलामी मगरले सर्वाधिक चार विकेट लिए। ६ ओभर बलिङ गरेका उनले ३७ रन खर्चिए। यस्तै आदित्यविक्रम शाह र रमित जिसीले एक–एक विकेट लिए।

जवाफी ब्याटिङ गरेको सुर्खेतले १५३ रनको लक्ष्य सात विकेट गुमाएर पूरा ग¥यो। सुर्खेतका ओपनर मनिष थापाले ८४ रनको योगदान दिए। ७० बल खेलेका थापाले कुल १३ चौका र एक छक्का प्रहार गरे। यस्तै भूपेन्द्र शाहीले २२, विपिन प्रसाद शर्माले १४ रन बनाए भने समिन जिसी ७ रन बनाए भने यामबहादुर बुढा तीन रनमा नटआउट रहे।

दीप पौडेल, नमनसिंह थापा र आदित्यविक्रम शाहले रन बनाउन सकेनन्। ८४ रन बनाएका सुर्खेतका मनिष थापा प्लेयर अफ दि म्याच घोषित भए।

कर्णाली प्रदेश क्रिकेट संघका सचिव श्रीधर केसीका अनुसार प्रतियोगीतामा कर्णालीका पाँच जिल्लाको सहभागिता रहेको थियो। खेलाडीहरुको प्रदर्शनका आधारमा विराटनगरमा हुने राष्ट्रिय प्रतियोगीताका लागि छनोट छनोट गरिनेछ।

राष्ट्रिय प्रतियोगीताका लागि कर्णाली टिमको नेतृत्व मनिष थापाले गर्नेछन्। युनिषविक्रम सिंह, अर्विन्द घर्ती, विपिनप्रसाद शर्मा, अनुज चुनारा, हिरालाल चुनारा, दीप पौडेल, विजय बोहरा, हिक्मतजंग शाही, कमल विष्ट, भूपेन्द्र शाही, विक्रम रोका, अनिरुद्र कँवर र सुदीप बलामी मगर राष्ट्रिय प्रतियोगीता खेल्नका लागि छनोट भएका छन्।