मंगलबार, बैशाख १८, २०८१

अर्थ-बजार

क्यान महासंघ सुर्खेतको अध्यक्षमा गिरी

क्यान महासंघ सुर्खेतको अध्यक्षमा गिरी

   
सुर्खेत। कम्प्यूटर एसोसिएसन नेपाल महासंघ (क्यान) सुर्खेत शाखाको अध्यक्षमा लोकेन्द्रबहादुर गिरी चयन भएका छन्। शनिबार सम्पन्न १० औं बार्षिक साधारण सभाबाट गिरी अध्यक्षमा चयन भएका हुन्। अधिवेशनबाट उपाध्यक्षमा धर्मराज भण्डारी, सचिवमा उपेन्द्र मल्ल, कोषाध्यक्षमा लक्ष्मी बिक, सहसचिवमा मानबहादुर खड्का चयन भएका छन्। कार्यसमिति सदस्यहरुमा जीवनकेशर खनाल, मेलिना मल्ल, दिब्यश्वर बराल चयन भएका छन्। नवनिर्वा
भारतले घटाएर पठायो पेट्रोलको मूल्य

भारतले घटाएर पठायो पेट्रोलको मूल्य

   
सुर्खेत। इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो। बुधबार आइओसीले नेपाललाई नयाँ मूल्य पठाएको छ। नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ३४ पैसा घटाएर पठाएको हो। त्यस्तै, डिजेलमा एक रुपैयाँ २५ पैसा बढेर आएको निगमले जना
बुद्धको ७२ सिटे जहाजमार्फत सुर्खेतमा परीक्षण उडान, रिपोर्ट अनुकुल आए दैनिक दुई उडान गर्ने

बुद्धको ७२ सिटे जहाजमार्फत सुर्खेतमा परीक्षण उडान, रिपोर्ट अनुकुल आए दैनिक दुई उडान गर्ने

   
सुर्खेत। बुद्ध एअरले अब सुर्खेत विमानस्थलमा ७२ सिटे जहाजमार्फत परीक्षण उडान गरेको छ। नागरिक उड्ड्यन प्राधीकरणसँगको सहकार्यमा बुधबार एटीआर–७२ मार्फत सुर्खेत विमानस्थलमा परीक्षण उडान गरिएको हो। बुद्ध एअरले नियमित नेपालगञ्ज उडान गर्दै आएको एटीआर–७२ मार्फत परीक्षण उडान गरेको हो। बुधबार गरिएको परीक्षण उडानको रिपोर्ट अनुकुल आए जनवरी सन् २०२३ देखि बुद्ध एअरले ७२ सिटे जहाजमार्फत सुर्खेत–काठमाडौं दैनिक
एनआईसी एसियामा सर्वश्रेष्ठ बचत खाता खोलेका परिवारलाई १० लाख बीमा रकम

एनआईसी एसियामा सर्वश्रेष्ठ बचत खाता खोलेका परिवारलाई १० लाख बीमा रकम

   
सुर्खेत। एनआईसी एसिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका एक परिवारलाई १० लाख रुपैयाँ बीमा रकम उपलब्ध गराएको छ। शुक्रबार एक कार्यक्रमका बीच वीरेन्द्रनगर–३ का हिक्मत बिकको परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराईएको हो। सर्बश्रेष्ठ बचत खाताअन्तर्गत दुर्घटना बीमा वापतको उक्त रकम चेकमार्फत हस्तान्तरण गरिएको हो। सुर्खेतस्थित शाखाले सर्वश्रेष्ठ सहज बचत खाता खोलेका बिकको दुर्घटनामा मृत्यु भएपछि बीमावापतक
तेस्रो पटक घटेर आयो पेट्रोलको मूल्य

तेस्रो पटक घटेर आयो पेट्रोलको मूल्य

   
सुर्खेत। इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो। चिनियाँ अर्थतन्त्र क्रमिक रुपमा घट्दै गइरहेकोले यसको असर ऊर्जाको मागमा पर्ने अपेक्षाले पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कमी आइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल (१५
इन्धन अभावका कारण श्रीलंङ्काका विद्यालय बन्द

इन्धन अभावका कारण श्रीलंङ्काका विद्यालय बन्द

   
सुर्खेत। इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्द गरिएको छ। पहिलो चरणमा जुलाई ४ देखि एक साता बन्द गर्ने घोषणा गरिएको हो। शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको जनाएको छ । विद्यालयहरु बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ विद्यालय बन्द गर्ने निर्णय गरिएको सरकारी अधिकारीहरुले जनाएका छन्। देशका ऊर्जा
पेट्रोलको मूल्य २० र डिजेलको मूल्य २९ रुपैयाँले घट्यो

पेट्रोलको मूल्य २० र डिजेलको मूल्य २९ रुपैयाँले घट्यो

   
सुर्खेत। सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाएको जानकारी दिएका छन्। पेट्रोलमा २० रुपैयाँले घटाएर १७९ पुर्‍याएको छ। यस्तै डिजेल मट्टीतेलको मूल्यमा २९ रुपैयाँले घटाएर १६३ रुपैयाँ पुर्‍याएको हो। सरकारले लिँदै आएको कर कटौती गरेर मूल्य घटाएको हो। नयाँ मूल्य शनिबार
कर्णाली प्रदेश सरकाले आउँदो आर्थिक बर्षका लागि ल्यायो ३२ अर्ब ६१ करोड बजेट (पूर्णपाठसहित)

कर्णाली प्रदेश सरकाले आउँदो आर्थिक बर्षका लागि ल्यायो ३२ अर्ब ६१ करोड बजेट (पूर्णपाठसहित)

   
सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बुधवार संसदमा बजेट प्रस्तुत गरेका हुन्। कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष ०७९/८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँ विनियोजना गरेको छ। जसमध्ये चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार छ भने पुँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार रुपैयाँ छ। कर्णाली प्रदेश
कर्णालीका कुनकुन आयोजना समेटिए ०७९/८० को संघीय बजेटमा?

कर्णालीका कुनकुन आयोजना समेटिए ०७९/८० को संघीय बजेटमा?

   
सुर्खेत। नेपाल सरकारले आर्थिक बर्ष २०७९/८० को बजेट ल्याएको छ। संघीय सरकारले आगामी आर्थिक बर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट ल्याएको छ। जसमध्ये चालु खर्चतर्फ साढे ७ खर्ब छ। संघको आगामी आर्थिक बर्षको बजेटले कर्णालीका केही महत्वपूर्ण आयोजनासँगै कृषि, खेलकुद लगायतका कार्यक्रमहरु समावेश गरिएको छ। सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माणको कार्यलाई अगाडि बढाउने योजना बजेटमा समावे
पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने तयारी

पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने तयारी

   
सुर्खेत। पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर घटाउने तयारी गरिएको छ। गत मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले यसबारेमा सहमति जुटाएको हो। भन्सार बिन्दुमै लाग्ने कर घटाउने गरी अर्थ मन्त्रालयलाई यसको जिम्मा दिइएको छ। हालसम्म कुन कर घटाइने भन्नेमा भने निश्कर्ष निस्किएको छैन। हाल पेट्रोलमा १० रुपैयाँ पूर्वाधार कर लाग्दै आएको छ। यसैलाई हटाइने गृहकार्य भइरहेको हो। पेट्रोलियम पदार्थमा भन्सार तथ