नेकपा एमालेको विभाजन, नेपाल समूहले दर्ता गरायो नयाँ पार्टी
सुर्खेत। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजन भएको छ। बुधबार एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएसँगै लामो समयसम्म विवादमा रूमल्लिएको एमाले औपचारिक रूपमा विभाजन भएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको केही घन्टामै नेपाल समूहका नेताहरूले कान्तीपथस्थित निर्वाचन आयोगको कार्यालयमा गएर नयाँ पार्टी दर्ताका लागि निवे








