सोमवार, पुस १४, २०८२

समाचार

जनकपुर-जयनगर रेलको ट्रयाकको गति आज परीक्षण गरिने

जनकपुर-जयनगर रेलको ट्रयाकको गति आज परीक्षण गरिने

   
सुर्खेत। बहुप्रतिक्षित जनकपुर-जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ। रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्रयाकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए। उनका अनुसार रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ गर्ने काम हुनेछ। उनले भारतको इस्ट-सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘ट्रयाक स्पिड’ परीक्षण गरिने
कर्णाली प्रदेश सभाकाे अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याइँदै

कर्णाली प्रदेश सभाकाे अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याइँदै

   
सुर्खेत। लामो समयदेखि प्रमुख प्रतिपक्षी दलले संसदमा गरेको अवरोधका कारण कर्णाली प्रदेश सरकार अध्यादेशबाट बजेट ल्याउन बाध्य भएको छ। कर्णाली प्रदेश सभाको आठौं अर्थात् बजेट अधिवेशन अन्त्य गरिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधवार राति १२ बजेदेखि चालु आठौं अधिवेशन अन्त्य गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ती जारी गरेर अधिवेशन अन्त्य ग
देउवा प्रधानमन्त्री नियुक्त

देउवा प्रधानमन्त्री नियुक्त

   
सुर्खेत। राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। ‘उहाँलाई प्रधानमन्त्री नियुक्त गरिसकिएको छ, सम्भवत: सोको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकिएको छ, सपथको तयारी हुँदैछ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले भने। ढकालका अनुसार सपथ ग्र
कोभिड नियन्त्रणमा खटिएकाहरुलाई कर्णाली प्रदेश सरकारले दियो जोखिम भत्ता

कोभिड नियन्त्रणमा खटिएकाहरुलाई कर्णाली प्रदेश सरकारले दियो जोखिम भत्ता

   
सुर्खेत। कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स र सववाहन चालकका लागि भत्ता उपलब्ध गराएको छ। सामाजिक विकास मन्त्रालयले १० वटा जिल्ला अस्पताल, कर्णाली प्रदेश अस्पताल, स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश आयुर्वेद औषधालयमा कार्यरत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, शववाहन र एम्बुलेन्स चालकलाई सुरु तलबको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराएको हो।
देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै

देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै

   
सुर्खेत। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन्। राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ। शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए। सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको थियो। देउ
आज भानु जयन्ती मनाइँदै

आज भानु जयन्ती मनाइँदै

   
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका थिए। उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लयसाथ पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाल
सर्वोच्चद्वारा प्रतिनिधिसभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

सर्वोच्चद्वारा प्रतिनिधिसभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

   
सुर्खेत। सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ। पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो यस्तो आदेश जारी गरेको हो। सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुन:स्थापित भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमाेजिम कांग्रेस
आइतबारको प्रदेश सभा वैठक पनि अवरुद्ध

आइतबारको प्रदेश सभा वैठक पनि अवरुद्ध

   
सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सभाको वैठक फेरि अवरुद्ध गरेको छ । प्रमुख प्रतिपक्षी दल रहेको नेकपा एमालेले सोमबार दिउँसो बसेको वैठक कार्यसूचि प्रवेश गर्न नदिएरै अवरुद्ध गरेको हो । बजेट केन्द्रित हुने संसद् वैठकहरु बजेट प्रस्तुत भएयता एमालेले लगातार अवरोध गर्दै आएको छ । आफ्ना राजनीति मागहरु सरकार वा संसदले पूरा गर्नुपर्ने माग राख्दै महत्वपूर्ण वैठकहरु एमालेले अवरुद्ध गर्दै आएको छ । एमाले
मुख्यमन्त्री शाही र काँग्रेस संसदीय दलका नेता शाहीले गरे नेपाल-चीन सीमा क्षेत्रको अनुगमन

मुख्यमन्त्री शाही र काँग्रेस संसदीय दलका नेता शाहीले गरे नेपाल-चीन सीमा क्षेत्रको अनुगमन

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको एक सरकारी टोलीले नेपाल र चीनबीचको सीमा क्षेत्रको अनुगमन गरेको छ। शुक्रबार हुम्ला पुगेको टोलीले शनिबार हुम्ला र चीनको तिब्बतबीचको सीमा क्षेत्र अनगुमन गरेको हो। मुख्यमन्त्री शाही, कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेता जीवन शाही, पूर्वभूमि व्यवस्था तथा कृषिमन्त्री विमला केसी सहभागी टोलीले नेपाल-चीनको सीमा क्षेत्र लोलुङजोङको अनुग

कांग्रेसमा साढे आठ लाख क्रियाशील सदस्य

   
सुर्खेत। कांग्रेसमा क्रियाशील सदस्यको संख्या साढे आठ लाख पुगेको छ। केन्द्रदेखि तल्ला तहको नेतृत्व चयनमा प्रत्यक्ष प्रभाव पार्ने यो सदस्य संख्या अघिल्लो महाधिवेशनको तुलनामा ५१ प्रतिशतले बढेको छ। कुनै समय प्रौढहरूको पार्टीको पहिचान बनाएको कांग्रेसमा पछिल्लो पटक सदस्यता वितरणमा लचिलो बन्दा युवाको संख्या निकै बढेको छ। कांग्रेसमा अघिल्लो १३ औं महाधिवेशनमा ४ लाख ७० हजार क्रियाशील सदस्य थिए। तीमध्ये क