धुवाँ–धुलाले सास्ती दिएको भन्दै स्थानीयले बन्द गराए निर्माणाधीन सडक
सुर्खेत । सडक निर्माण कार्य समयमै सम्पन्न नगरेको भन्दै सुर्खेतको वीरेन्द्रनगरमा स्थानीयले सडक बन्द गराएका छन् । वीरेन्द्रनगरस्थित हटियालाईनमा रहेको सडक स्थानीय व्यवसायीले बन्द गराएका हुन् ।
काम सुरु भएको लामो समयसम्म पनि सम्पन्न नगरेको भन्दै सडक बन्द गराईएको हो । आईएमई चोकदेखि उत्तर नेकपा पार्टी कार्यालयसम्मको बाटो लामो समयसम्म पनि कालोपत्रे नगर्दा धुलोले सास्ती खेप्नुपरेको स्थानीयले बताएका छन्






