बुधबार, पुस १६, २०८२

समाचार

केपी ओलीविरुद्ध सुर्खेतमा प्रदर्शन

केपी ओलीविरुद्ध सुर्खेतमा प्रदर्शन

   
सुर्खेत । प्रतिनिधि सभा विघटनको विरुद्धमा सुर्खेतमा पनि विरो प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध जनवर्गीय संगठनहरुले सुर्खेतको वीरेन्द्रनगरमा आइतबार विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनका क्रममा ‘गणतन्त्र विरोधी हर्कतको प्रतिवाद गरौं’, ‘संसद विघटन खारेज गरौं’, ‘तानाशाह मुर्दावाद’, ‘खड्क ओलीको प्रतिवादी कदम मुर्दावाद’, ‘नलायक केपी ओली मुर्दावाद’ जस्ता नारा लगाईएको छ

राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा

   
सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन् । राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ । संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहर
मन्त्रिपरिषद्‌द्वारा संसद् विघटन गर्न सिफारिस

मन्त्रिपरिषद्‌द्वारा संसद् विघटन गर्न सिफारिस

   
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेका छन् । पार्टी भित्रबाटै आफूलाई हटाउने तयारी भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन् । आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । नेपालको संविधानमा संसद विघटनसम्बन्धी प्रावधान स्पष्ट छैन । संविधानको धारा ८५ को १ मा
त्रिविका आंशिक प्राध्यापक आन्दाेलित, उपकुलपति कार्यालयमा धर्ना

त्रिविका आंशिक प्राध्यापक आन्दाेलित, उपकुलपति कार्यालयमा धर्ना

   
सुर्खेेत । त्रिभुवन विश्व विद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रिएका छुन् । देढ दसकदेखि कार्यरत रहँदासमेत विश्वविद्यालयले पेशागत सुरक्षाकाे ग्यारेन्टी नगरेकाे भन्दै उनीहरु किर्तिपुरस्थित केन्द्रीय कार्यालयमा धर्नामा बसिरहेका छन् । उनीहरुले सरकार र विश्वविद्यालयले पटकपटक सम्झौता गर्ने र कार्यान्वयन गर्न वेवास्ता गरेकाे आराेप लगाएका छन् । विश्वविद्यालयको कक्षा र परीक्षा बहिस्कार गर
अधिग्रहणमा परेको जग्गा रोक्का गरिने

अधिग्रहणमा परेको जग्गा रोक्का गरिने

   
सुर्खेत । सुर्खेत विमानस्थल विस्तारका लागि अधिग्रहणमा परेको जग्गा रोक्का गर्ने तयारी प्रदेश सरकाले गरेको छ । सरकारी निकाय तथा स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल गरी अधिग्रहणमा परेको जग्गा रोक्का प्रक्रिया अगाडि बढाउने तयारी सरकारले थालेको हो । यससम्बन्धी कर्णाली प्रदेशका मुख्यमन्त्री, आर्थिक मामिला मन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्ष, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख लगायतसँग बिहिवार छलफल गर
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सिनेट : प्रस्ताव गरिएका सबै एजेण्डा पारित

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सिनेट : प्रस्ताव गरिएका सबै एजेण्डा पारित

   
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको १० औं सिनेट काठमाडौंमा सम्पन्न भएको छ । मंगलवार दिउँसो बसेको सिनेटले कार्यकारी परिषद्ले पेश गरेका सबै प्रस्ताव पारित गरेको छ । सिनेटमा पेश गरिएका ७ वटै  प्ररस्ताव सर्वसम्मत पारित भएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले जानकारी दिए । ‘हामीले प्रस्ताव गरेका सबै प्रस्तावहरु पारित भएका छन्, अहिलेको सिनेटमा पारित भएको धेरैजसो विषयहरु उपलब्ध
ऊखु किसानको माग पूरा गर्न नेपाली काँग्रेसका महामन्त्री खड्काको आग्रह

ऊखु किसानको माग पूरा गर्न नेपाली काँग्रेसका महामन्त्री खड्काको आग्रह

   
सुर्खेत । नेपाली काँग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काले ऊखु किसानहरुको माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै खड्काले ऊखु किसानको माग पूरा गर्न सरकारलाई आग्रह गरेका हुन् । उनले फेसबुक स्टाटसमार्फत ऊखु किसानहरुको आन्दोलनमा नेपाली काँग्रेसको ऐक्यवद्धता रहेको बताएका छन् । ‘आफ्नो पसिनाको मूल्य नपाएर राजधानी काठमाडौंसम्म आएर रकम भुक्तानीका लागि आन्
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दशौं सिनेट आज काठमाडौंमा बस्दै

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दशौं सिनेट आज काठमाडौंमा बस्दै

   
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दशौं सिनेट आज काठमाडौंमा बस्दै छ । विश्वविद्यालयका कुलपति तथा प्रधामन्त्री केपी शर्मा ओलीको कार्य व्यस्तताका कारण यस बर्षको सिनेट पनि काठमाडौंमै बस्न लागेको हो । ‘कोरोनाले निम्त्याएको अवस्थासँगै प्रधानमन्त्री ज्युको कार्यव्यस्तताका कारण सिनेट काठमाडौंमा बस्दैछ,’ विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले भने, ‘विश्वविद्यालयको केन्द्रीय कार्यालय
सुर्खेतका कोरोना संक्रमितको ग्राण्डी अस्पतालमा मृत्यु

सुर्खेतका कोरोना संक्रमितको ग्राण्डी अस्पतालमा मृत्यु

   
सुर्खेत । सुर्खेतका एक जना कोरोना संक्रमितको काठमाडौंमा मृत्यु भएको छ । ग्राण्डी ईन्टरनेशनल अस्पतालमा उपचार गराईरहेका सुर्खेतको वीरेन्द्रनगर–९ का ४९ बर्षीय पुरुषको मंसिर २७ गते राति मृत्यु भएको हो । मंसिर ८ गते कोभिड–१९ पुष्टी भएका उनी दुई दिनसम्म होम आईसोलेशनमा बसेका थिए । पछि उनलाई अप्ठ्यारो भएपछि परिवारको आग्रहमा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतबाट उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर

कर्णालीमा थपिए ४४ जना कोरोना संक्रमित

   
सुर्खेत । आईतवार कर्णाली प्रदेशमा ४४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २१४ जनाको पिसीआर परीक्षण गरिएकोमा ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । आईतवार थपिएका ४४ जना कोरोना संक्रमितमध्ये ४ जना अन्य प्रदेशका छन् भने ४० जना कर्णालीका छन् । कर्णालिका जिजल्लाहरुमा सुर्खेतका १८, दैलेख र सल्यानका ६/६ जना, रुकुम पश्चिमका ८, का