कर्णालीका मुख्यमन्त्रीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन्। बिहिबार औपचारिक रुपमा मुख्यमन्त्री कँडेलले प्रदेशका विभागीय मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका हुन्।
उनले मन्त्रीहरुसँगको यो सम्झौता प्रदेश सरकारको कार्यक्षमता वृद्धिका लागि भएको बताएका छन्। यो सम्झौताले चालु आर्थिक वर्षको बजेटलाई प्रभावकारी बनाउन र नतिजामुखी कार्यान्वयन गर्न मद्दत पुग्ने








