कर्णाली याक्सले रिटेन गर्यो सात खेलाडी
सुर्खेत। नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामीसहित सात खेलाडीलाई रिटेन गरेको छ।
कर्णालीले सोमपालसहित गुल्सन झा, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, नन्दन यादव, दीपेन्द्र रावत र युनिस विक्रम ठकुरीलाई टोलीमा राख्ने निर्णय गरेको हो।
विपिन अघिल्लो सिजन ट्यालेन्ट हन्टबाट छानिएका थिए। उत्कृष्ट प्रदर्शन गरेपछि विपिनले नेपालको यू–१९ टोलीबाट खेलिसकेका छन्









