मंगलबार, कार्तिक ११, २०८२

समाज

जाजरकोटमा टिपरसहित भेरी नदीमा खसेका चालकको शव सुर्खेतमा भेटियो

जाजरकोटमा टिपरसहित भेरी नदीमा खसेका चालकको शव सुर्खेतमा भेटियो

   
सुर्खेत। रुकुम पश्चिमस्थित भेरी नदीमा टिपरसहित खसेका तीन जनामध्ये एक जनाको शव सुर्खेतमा फेला परेको छ। टिपरका चालक मनिराम चौधरीको शव शुक्रबार दिउँसो सुर्खेतको भेरीगंगा नगरपालिका–२ खोचीस्थित भेरी नदीमा फेला परेको हो। चौधरीको घर दाङको कुन ठाउँ हो भन्ने खुलिसकेको छैन। रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी प्रमेश बिष्टका अनुसार चालकको शव झन्डै ६० किलोमिटर भन्दा टाढा सुर्खेतमा फेला परेको हो। साउन ६
करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु

करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेका ५५ वर्षीय धनीराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको करेन्ट लागेर मृत्यु भएको हो। बिहान पौने ११ बजेतिर आफ्नै घरमा उनीहरुलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए। आचार्य दम्पतीले घाँस काट्ने विद्युतीय मेसिनद्वा
दुई दिदीबहिनी मृत फेला

दुई दिदीबहिनी मृत फेला

   
सुर्खेत। भक्तपुरमा दुई किशोरी मृत भेटिएका छन्। भक्तपुरको मध्यपुरठिमी नगरपालिका–८ बोडे सिन्टिटारस्थित एउटा घरमा डेरा गरी बस्ने दुई किशोरी बिहीबार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। बिहान ६ः४५ बजे उनीहरु झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए। डिएसपी न्यौपानेका अनुसार मृत फेला परेका किशोरीहरु सुर्खेतको पञ्
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता

भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता

   
सुर्खेत। भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्। मंगलबार राति जाजरकोटको नलगाड नगरपालिकाको केन्द्र दल्लीबाट रिम्नातर्फ आईरहेको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१४ पिपलचौर नजिकबाट भेरी नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार टिपरमा सवार चालकसहित तीन जनाको अवस्था अज्ञात रहेको छ। बेपत्ताहरुको खोजी गर्न रुकुम पश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गर
हनी ट्रयापमा पारी पैसा असुली गर्ने २१ बर्षीय युवति पक्राउ

हनी ट्रयापमा पारी पैसा असुली गर्ने २१ बर्षीय युवति पक्राउ

   
सुर्खेत। ‘हनी ट्रयाप’मा पारी पैसा असुली गर्न खोज्ने एक जना युवतिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले मंगलबार दैलेखको नौमुले गाउँपालिका–८ घर भई वीरेन्द्रनगर बस्ने सिन्दु चन्दलाई पक्राउ गरेको हो। २०८१ भदौमा सिन्दु र मनोज कोईरालाबीच सहमतिमा भएको यौन सम्बन्धलाई बलात्कार मुद्दामा फसाईदिने भन्दै सिन्दुले ‘हनी ट्रयाप’मा पैसा असुली गरेको आरोप लागेको छ। कोईरालाको जाहेरीक
जागिर दिलाईदिन्छु भन्दै ठगी गर्ने गिरोह नै प्रहरी नियन्त्रणमा

जागिर दिलाईदिन्छु भन्दै ठगी गर्ने गिरोह नै प्रहरी नियन्त्रणमा

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा कार्यालय स्थापना गरी ठगी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। वीरेन्द्रनगर–३ स्थित मुलपानी चोकनजिक स्काई ड्रिम अन्टरपेनर्स प्रालि स्थापना गरी युवायुवतिलाई आकर्षक तलबसहित रोजगारी लगाउने प्रलोभनमा ठगी गरिरहेको गिरोह पक्राउ परेको हो। नेटवर्किङ व्यवसायको आवरणमा ठगी धन्दा गरिरहेका ८ जनालाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डि
होटलका कर्मचारीलाई खुकुरी हानेको आरोपमा एक जना पक्राउ

होटलका कर्मचारीलाई खुकुरी हानेको आरोपमा एक जना पक्राउ

   
सुर्खेत। सुर्खेतमा एक होटलका कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले आइतबार राति वीरेन्द्रनगर–१ का विनोद गिरीलाई पक्राउ गरेको हो। आइतबार पक्राउ परेका गिरीलाई सोमबार प्रहरीले सार्वजनिक गरेको हो। गिरीले शनिबार वीरेन्द्रनगर–१० मा रहेको भिजिट कर्णाली रिसोर्ट प्रालीमा काम गर्ने एक जना कर्मचारीलाई कुटपिट गरेको आरोप छ। गिरीले होटलका कर्मचार
फोन टावर नियमित सञ्चालन गराउन स्थानीयद्वारा टेलिकमको ध्यानाकर्षण

फोन टावर नियमित सञ्चालन गराउन स्थानीयद्वारा टेलिकमको ध्यानाकर्षण

   
सुर्खेत। टेलिफोनको टावर नियमित सञ्चालन गरिदिन स्थानीयले नेपाल टेलिकम दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण गराएका छन्। सुर्खेतको बराहताल गाउँपालिका–८ बरडाँडामा निर्माण गरिएको टेलिकमको टावर नियमित सञ्चालन नभएको भन्दै स्थानीयले व्यवस्थापन गरी नियमित गर्न टेलिकमको कर्णाली प्रदेश निर्देशनालयको ध्यानाकर्षण गराएका हुन्। स्थानीयले आफ्नो हस्ताक्षरसहित टेलिकमको कार्यालयमा प्रतिनिधि पठाएर ध्यानाकर्षण गराएका
प्रारम्भिक तथ्याङ्कमा देखियो कर्णालीका ५० ठाउँमा तुइन

प्रारम्भिक तथ्याङ्कमा देखियो कर्णालीका ५० ठाउँमा तुइन

   
सुर्खेत। कर्णाली प्रदेशभर ५० ठाउँमा अहिले पनि तुइन रहेको पाईएको छ। कर्णाली प्रदेश सरकारले संकलन गरेको तथ्याङ्कको प्रराम्भिक प्रतिवेदनले अझै पनि कर्णालीमा ५० ठाउँमा तुइन रहेको देखाएको छ। तुइन हटाउने नीति लिएको कर्णाली प्रदेश सरकारले तथ्याङ्क संकलन गरेको हो। दश जिल्लाबाट संकलित तथ्याङ्कअनुसार ५० वटा तुइन रहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीले जान
आंशिक प्राध्यापकहरुको आन्दोलन फिर्ता

आंशिक प्राध्यापकहरुको आन्दोलन फिर्ता

   
सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। आइतबार आन्दोलनरत आंशिक प्राध्यापक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको घोषणा गरेको हो। गत असार २३ गतेदेखि आन्दोलनरत आंशिक प्राध्यापक संघ र विश्वविद्यालय प्रशासनद्वारा गठित वार्ता समितिबीच सामेबार औपचारिक वार्ता भएको हो। वार्तापछि उनीहरुले आन्दोलन फिर्ता लिएका हुन्। प्राध्यापकहरुको आन्दोलनका सन