बुधबार, बैशाख १९, २०८१

झोलुङ्गे पुलको काम सकेवापत घुस लिंदै गर्दा प्राविधिक रंगे हात पक्राउ

  
कर्णाली टाइम्स बिहीबार, फागुन ८, २०७६
सांकेतिक तस्बिर

जगतदल जनाला विक
सुर्खेत, ८ फागुन ।
झोलुङ्गे पुलको काम सकेवापत घुस लिंदै गर्दा भेरीगंगा नगरपालिकाका प्राविधिकलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ । भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चन्द्रबहादुर केसीलाई दुईलाख घुस रकमसहित रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सुचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । ‘केसीले निर्माण सम्पन्न भईसकेको झोलुङ्गे पुलको काम सकेवापत घुसमागेको भन्ने विशेष सुचनाका आधारमा अख्तियारको टोलीले रंगे हात पक्राउ गरेको हो ।’ उनले भने,’ दुई लाख घुस सहित पक्राउ गरिएको छ । अरु विवरण आउन बाँकी छ ।