शुक्रबार, जेष्ठ ४, २०८१

वीरेन्द्रनगरले अनुमति बिना राहत बाँड्न नदिने

  
कर्णाली टाइम्स सोमवार, चैत्र १७, २०७६

जगतदल जनाला विक
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले अनुमतिबिना राहत बाँड्न नदिने बताएको छ । विभिन्न सोमवार एक विज्ञप्ति जारी गर्दै संघसंस्थाका नाममा मनलाग्दी तरिकाले राहत सामग्री वितरण गर्न रोक लगाएको हो । नगरपालिकाका कार्यबाहक नगर प्रमुख मोहनमाया ढकाल तथा प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालद्वारा जारी गरिएको विज्ञप्तिमा नगर क्षेत्रभित्रमा अनुमति बिना राहत रकम र सामाग्री वितरण गर्न नपाइने उल्लेख छ ।
नगरका विभिन्न बस्तीमा राहत तथा सुरक्षा सामग्री वितरण गराउने जानकारी अनुसार यसरी आफू खुशी राहत वितरण गर्दा कोरोनाको संक्रमणको जोखिम बढ्ने भएकोले यो संकटको घडीलाई सबै मिलेर सामना गर्न विज्ञप्तिमा अनुरोध गरिएको छ ।
नगरपालिकाको अनुमति बिना वितरण लगायतका गतिविधि भएको खण्डमा सम्बन्धीत व्यक्ति, संघसंस्थालाई नियमानुसार कारबाही गरिने बताइएको छ ।