कर्णाली टाइम्स
सोमवार, फागुन १९, २०७६
सुर्खेत ।नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकूलपतिमा प्रा.डा. नन्दबहादुर सिंहलाई नियुक्त गरेको छ । त्रिभुवन विश्वविद्यालयमा वनस्पति शास्त्रका प्राध्यापक रहेका प्रा.डा. नन्दबहादुुर सिंहलाई आइतवारको मन्त्रिपरिषद् बैठकले उपकूलपति नियुक्त गरेको हो । मन्त्रिपरिषद्को निर्णयपछि आफूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट नियुक्तिको मौखिक जानकारी प्राप्त भएको नवनियुक्त उपकूलपति सिंहले जानकारी दिए । विश्वविद्यालयमा विगत ४ महिनादेखि उपकूलपति पद रिक्त रहेको थियो । तत्कालीन उपकूलपति प्रा।डा। उपेन्द्रकुमार कोइरालाको पदावधि सकिएपछि पद रिक्त रहेको थियो ।