सोमवार, मंसिर १७, २०८१

कर्णालीमा २ जनाको स्वाब ‘शंकास्पद’

  
कर्णाली टाइम्स बुधबार, बैशाख ३, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा दुईजनाको ‘पीसीआर’ परीक्षणमा नतिजा शंकास्पद देखिएको छ । प्रदेश सरकारले थप परीक्षणको लागि स्वाबको नमुना काठमाडौंस्थित केन्द्रीय प्रयोगशालामा पठाएको जनाएको छ ।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलका अनुसार स्वाबको नमुना शंकास्पद देखिएका व्यक्ति रुकुमपश्चिमका हुन् । उनीहरु भारतबाट काम गरेर फर्केका थिए । दुबैजना उमेर ३६ वर्षीय हुन् । उनीहरुको स्वाबको नमुना चैत ३० गते संकलन गरी धनगढीस्थित पीसीआर परीक्षण प्रयोगशालामा पठाइएको थियो । ‘नमुनामा नतिजा शंस्कास्पद देखिएको छ, अहिल्यै पोजेटिभ भनिहाल्न मिल्दैन,’ मन्त्री रावलले भने, ‘त्यही भएर थप परीक्षणको लागि काठमाडौं पठाएका छौं ।’ रुकुमपश्चिमकाबाट संकलन गरिएका ३९ स्वाबमध्ये ती दुईटामा शंकास्पद देखिएको उनले बताए ।