शनिबार, कार्तिक १०, २०८१

नेपाल लाईफ इन्स्योरेन्सद्धारा साझा घरलाई खाद्यान्न सहयोग

  
कर्णाली टाइम्स सोमवार, बैशाख २२, २०७७

 सुर्खेत । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी सुर्खेत शाखाले साझा घर नेपाललाई खाद्यान्न सहयोग गरेको छ । इन्सुरेनसले आफ्नो २१ औं वार्षिक उत्सवको अवसरमा सोमबार खाद्यान्न हस्तान्त्रण गरेको हो ।
लाइफ इन्स्योरेन्स कम्पनीले साझा घरलाई १० बोरा चामल, २० किलो दाल, १० किलो नुन, २० पोका तोरीको तेल,१० किलो चिनी, १ थान सिलिन्डर ग्याँस, ५ कार्टुन चाउचाउ, १० पोका स्वायविन, ६ दर्जन विष्कुट, १ किलो जिरा, १ किलो बेसार, ३ कट्टा गहुँको आटा, एक एक दर्जन कपडा र नुहाउने साबुन सहयोग गरेको छ ।
सामाजिक पुण्यको काम साझा घरले गरेको भन्द्रै कम्पनीका प्रबन्धक प्रेम प्रसाद अर्याल समस्या परेपछि अझैपनि यस्ता सहयोग गर्न सकिने बताए । उनले कोरोना भाइरसबाट बच्नका लागि सरकारले जारी गरेको लकडाउनका कारण साझा घरलाई केहि समस्या परेको छ भन्ने थाहा पाएपछि वार्षिक उत्सवको अवसरमा सहयोग गरिएको बताए ।
यस्तै कम्पनीका  एजेन्सी म्यानेजर कमल गुरुङ, कर्मचारीहरु सरस्वती विष्ट, सुसीला राना, रितु कुमारी थापा र वीरेन्द्रनगर– ९ का वडाअध्यक्ष सुरेश मानन्धरको उपस्थितिमा साझा घरका सञ्चालक तपेन्द्र विकलाई सहयोग हस्तान्त्रण गरिएको छ ।