शनिबार, कार्तिक १०, २०८१

तरुणदल सुर्खेतद्धारा क्वारेन्टिनमा रहेकाहरुका लागि मासु र मास्क वितरण

  
कर्णाली टाइम्स सोमवार, बैशाख २२, २०७७

सुर्खेत । नेपाल तरुणदल सुर्खेतले क्वारेन्टिनमा रहेकाहरुका लागि मासु र मास्क सहयोग गरेको छ । आईतबार भेरीगंगा नगरपालिकामा रहेका तीनवटा क्वारेन्टिनमा रहेकाहरुका लागि मासु र मास्क वितरण गरिएको हो ।
भेरीगंगाको छिन्चु, झिङ्नी र लोदेमा रहेका क्वारेन्टिनमा ६० किलो बोईलर कुखुरा र २५० थान मास्क वितरण गरिएको हो ।
क्वारेन्टिनमा बसेकाहरुको मनोबल कमजोर हुन नदिनका लागि सहयोग गरिएको तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले बताए । ‘स्थानीय सरकारले बनाएका क्वारेन्टिनहरुमा भएका मानिसलाई मनोबल कमजोर हुन नदिन हामीले सहयोग गरेका हौं,’ उनले भने, ‘यहाँ सरकारका तर्फबाट खाना मात्र दिने गरिएकोले मासु अन्तैबाट सहयो भईरहेको छ ।’
भेरीगंगा नगरपालिकाका मेयर भुपेन्द्र बहादुर चन्दले युवाहरु आवद्ध संगठनबाट मानवीय सेवा हुनुपर्ने भन्दै तरुण दलले गरेको सहयोग अरु युवारुका लागि शिक्षा भएको बताए ।
उपमेयर रेणु ढकालले स्थानीय सरकारका तर्फबाट भईरहेको काममा सहयोग गरेकोमा संगठनलाई धन्यवाद ज्ञापन गरिन् । उनले क्वारेन्टिनमा बसेकाहरुका लागि नगरपालिकाका तर्फबाट लगातार रुपमा मासुको व्यवस्था नगरिएकोले विभिन्न क्षेत्रबाट सहयोग भईरहेको जानकारी दिईन् ।
उनका अनुसार हाल छिन्चुमा रहेको क्वारेन्टिनमा ८७, झिङ्नीमा ५१ र लोदेमा रहेको क्वारेन्टिनमा ५४ जना बसेका छन् । ¥यापिटड डाईग्नोसिस टेस्ट ९आरडिटी० का लागि कीट अभाव हुँदा क्वारेन्टिनमा बस्नेहरुको कोरोनाबारे परीक्षण गर्न समस्या भएको उनले जानकारी दिईन् ।
तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्ट, क्षेत्र नम्बर १ का अध्यक्ष अमर वली, उपाध्यक्ष तथा भेरीगंगाका तरुण अध्यक्ष दिनेस पुनको सहयोगमा सामग्री वितरण गरिएको हो ।
सहयोग वितरणका क्रममा नगरपालिकाका मेयर चन्द, उपमेयर ढकाल, तरुण दल सुर्खेतका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेसका भेरीगंगा नगर सभापति बेदु गिरी लगायतको सहभागिता रहेको थियो ।