शनिबार, कार्तिक १०, २०८१

कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १०१ पुग्यो

  
कर्णाली टाइम्स बिहीबार, बैशाख २५, २०७७

काठमाडौं । कपिलवस्तु जिल्लामा दुई जना कोरोना भाइरस ९कोभिड(१९० संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ ।