बुधबार, जेष्ठ २, २०८१

 एक हजार वाटको रेडियो र अनलाइन कर्णाली प्रदेशबाटै दर्ता गरिने

  
कर्णाली टाइम्स बिहीबार, जेष्ठ १, २०७७

सुर्खेत । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कर्णाली प्रदेशबाटै एक हजार वाटको रेडियो र अनलाइन अनलाइन न्युज पोर्टल दर्ता गर्ने सञ्चार कार्यविधि ल्याएको छ । ऐनमा कर्णालीमा नै १ हजार वाटको रेडियो र अनलाइन न्युज पोर्टल दर्ता गर्न सक्ने कार्यविधि ल्याएको हो ।

केन्द्रको सूचना प्रविधि कार्यविधिअनुसार नै प्रदेशमा सूचना प्रविधि कार्यविधि ल्याएको कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ल्याएको छ ।

कर्णाली प्रदेशबाट नै अब रेडियो तथा अनलाइन न्यूज पोर्टल दर्ता गर्ने कार्यविधि तयार पारेको आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताए । ‘एक हजार वाटको रेडियो प्रदेशबाट नै दर्ता हुनेछ ।’ उनले भने, ‘अनलाइन पनि अब प्रदेशमा नै दर्ता गर्ने कार्यविधि बनेको छ ।’

रेडियो फ्रिक्वेन्सी भने संघीय सूचना तथा प्रविधि मन्त्रालयबाट लिनुपर्ने प्रदेशबाट रेडियो दर्ता गर्ने कार्यविधि रहेको छ । ‘फ्रिक्वेन्सी हामीले दिन सक्दैनौँ । यसका लागि संघीय सरकारले दिनेछ ।’ उनले भने, ‘प्रदेशले दर्ता मात्र गर्नेछ ।’
कार्यविधिमा प्रदेशमा दर्ता भएका सञ्चारमाध्यमले प्रदेश सरकारबाट अनुदानको व्यवस्था पनि गरिने मन्त्री भण्डारीले बताए ।