बिहीबार, बैशाख २०, २०८१

जुम्लाका स्थानीय जनप्रतिनिधिले गरे कोरोना भाइरसको बीमा

  
कर्णाली टाइम्स शुक्रबार, जेष्ठ २, २०७७

 

सुर्खेत । जुम्लाका स्थानीय तहका जनप्रतिनिधिले कोरोना भाइरसको बीमा धमाधम गर्न थालेका छन् । स्थानीय सरकारका जनप्रतिनिधिले जनतासँग प्रत्यक्ष रुपमा घुलमिल रहने भएकाले कोभिड–१९ संक्रमणको खतरा हुने जनाउँदै कोरोना बीमा गरेको चन्दननाथ नगपालिकाका प्रमुख कान्तिका सेजुवालले बताए ।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा र नगर प्रमुख सेजुवाल १र१ लाखको कोरोना बीमा गर्ने यहाँका पहिलो जनप्रतिनिधि भएको  शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली प्रदेशका प्रबन्धक ऋषिराम पाण्डेले बताए ।

जिससका प्रमुख लालबहादुर सार्की, पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोरा, तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुुढा तथा स्थानीय तहका वडाध्यक्ष र वडा सदस्यले शुक्रबार कोरोना बीमा गरेका छन् ।

क्वारेन्टाइन अनुगमन गर्ने, हेल्थ डेस्कसँग समन्वय गर्ने र प्रत्यक्ष जनतासँग जोडिने भएकाले जनप्रतिनिधिको बीमा अत्याववश्यक रहेको समन्वय उपप्रमख बुढाले बताए ।