मंगलबार, बैशाख ४, २०८१

‘चौकुने’ कृषि विकासका योजना

  
कर्णाली टाइम्स शुक्रबार, जेष्ठ २, २०७७

गोरख बहादुर शाही

वाास्तवमा सारतः मानव जातिको जीवन प्रत्यक्ष वा पोरोक्ष रुपमा सम्पुर्ण तवरले कृषि उपजमा नै टिकेको छ । कर्म जेसुकै गरेपनी, धर्म जे कै मानेपनी,जन्म जहाँसुकै भएपनी अन्ततः जिवित जन्तुका लागि खानु र बाच्नु नै हो ।जुन कुराको परिपुर्ती कृषि प्रणालीले मात्र पूरा गर्न सक्छ ।
खानको लागि बाँच्ने भन्दा पनि बाँच्नको लागि खानै पर्छ । बाँच्नको लागि खानुपर्ने अपरिहार्यताका कारण खाने कुराको प्रचुरता, सुलभता र न्यायोचित वितरण हुन जरुरी छ । प्रकृतिका हरेक जिवित प्राण्ीाले खान पाउनु उनीहरुको प्रथम अधिकार हो । त्यसैले मानव जातिका सन्दर्भमा कोहि पनि भोको बस्नु पर्ने, खान नपाएर मर्नुपर्ने, खानाको कमी भएर रोगी हुनुपर्ने जस्ता समस्याबाट हरकोही मानवलाई जोगाउनु मानव समाजको पहिलो कर्तब्य हुन आउँछ।यस हिसाबले राज्यले हरेक ब्यक्त्तिलाइ खाद्य सुरक्षाको आवरणमा मात्रै सिमित नराखी प्रत्येक नागरिकलाइ खाद्य सम्प्रभुताको सुनिश्चितता गर्नुपर्छ । किनकी खाद्य अधिकार मानव जातिको नैशर्गीक अधिकार हो ।
यसै सन्दर्भमा चौकुनेका हरेक नागरिकलाइ खाद्यान्नमा आत्मनिर्भर बनाउन र चौकुनेको कृषि क्षेत्रलाइ आकर्षक बनाउनुका साथै कृषि ब्यवसाय मार्फत चौकुने बासीको जिवनस्तर उन्नत बनाउन चौकुने गाउँपालिकाले विशेष कार्ययोजना तय गर्नुपर्ने आवश्यकता छ ।
योजनाका उद्देश्य
क) चौकुनेमा कृषि उत्पादकत्व बृद्धि गर्ने ।
ख) कृषि ब्यवसाय मार्फत जीवन रुपान्तरण गर्न सकिन्छ भन्ने जनसमुदायमा विश्वास जोगाउने ।
ग) कृषि क्षेत्रमार्फत स्वरोजगारीको सिर्जना गर्ने ।
घ) कृषि मार्फत यहाँको बेरोजगारी, भोकमारी र गरिबीको समुल अन्त्य गर्ने
ङ) कृषि क्षेत्रमा चौकुनेलाइ आत्मनिर्भर बनाउने ।
च) कृषि ब्यवशायमार्फत जनताको आयस्तर वृद्धि गरि नागरिकको जीवन उन्नत बनाउने ।

योजनाको लक्ष्य (रणनीति)
क)समृद्ध चौकुने,सम्पन्न चौकुनेबासी
ख)योजनाका कार्यनितिहरु
ग)कृषि पकेट क्षेत्र निर्धारण
चौकुने गाउपालिका चुरे र महाभारतको मिश्रीत भूभाग भएको भित्री मदेसीय क्षेत्र हो । यसको तल्लो भाग चुरेक्षेत्र र मथिल्लो भाग महाभारत शृङ्खलाले युक्त छ।यस गाउपलिकाको भौगोलिक बिषमतालाइ ध्यानमा राखी प्रथमतस् यहाको हावा,पानी र माटोको परिक्षण गरि चौकुनेको कृषि सम्भाब्यतालाइ आकलन गरि कृषि पकेट क्षेत्र तोक्न जरुरी छ।कृषि पकेट क्षेत्रको निर्धारणले चौकुनेको कृषि प्रणीलाई एक विकासको दिशा प्राप्त हुनेछ ।

कृषि भौतिक पूर्वाधारको निर्माण
कुनै पनि क्षेत्रको विकासको आधार तत्वहरुमा निर्भर रहन्छ।यस हिसाबले कृषि क्षेत्रमा पनी बिकास गर्नका लागि यस्का आधारहरुमा ध्यान दिन जरुरी छ । त्यसैले कृषि क्षेत्रको विकास र विस्तारका लागि सबै भन्दा पहिले त कृषि पुर्वाधारको निर्माण हुन आवश्यक छ ।तसर्थ यहाँ कृषि क्षेत्रका पुर्बाधारको संक्षिप्त चर्चा गर्न मसिव देखिन्छ ।

सिचाइको सुनिश्चितता र पक्की सिचाइ कूलो निर्माण

उन्नत कृषि प्रणालीको विकासका लागि पहिलो आवश्यक्ता जमिन,जल, हावा र प्रकाश नै हो । कृषियोग्य जमिनको खोजी गरि सकेपछि प्रकाश र हावाको सर्बब्यापक्ता जस्तो पानीको उपलब्धता सजिलो र सहज छैन । त्यसैले चौकुनेको सम्पुर्ण खेतियोग्य जमिनमा सिंचाइ कुलोको सहजै उपलब्धता गराउनुपर्छ । सिचाइलाइ दिर्धकालिक विकासका रुपमा अगाडि बढाउन चौकुने गाउँपालिकाका सम्पुर्ण सिंचाइ कुलोहरुलाइ पक्की कुलोको रुपमा रुपान्तरण गर्नुपर्छ । यसको लागि गाउँपालिकाले पक्की सिंचाइ कुलो निर्माण गर्ने मिसन तय गरि आगामी बजेटमा सिंचाइ कुलोका योजनालाइ प्राथमितामा राखी बजेट विनियोजन गर्नु जरुरी छ । यस पुर्व गाउँपालिकाले पालिकाका दशवटै वडाको सिचाइ संम्भाव्यता अध्ययन गरि सम्पुर्ण कुलोहरुको लागत स्टेमेट तयार गरि तात्कालिक र दिर्घकालिक कार्ययोजना निर्माण गरि चौकुनेको सिंचाइ समस्याको समाधान गर्ने रणनीति तय गर्नुपर्छ । सिञ्चित जमिनमा जोडिएको प्रविधिले मात्र कृषिको ज्यामितीय विकास सम्भव छ ।

कृषि क्षेत्रसम्म यातायात सुविधाको बिस्तार
भनिन्छ अर्थतन्त्रको उच्चतम बिकासका लागि यातायत पहिलो सर्त हो । नेपालको अर्थतन्त्रको महत्वपुर्ण अंगकोरुपमा लिइएको कृषि क्षेत्रको विकासका लागि यतायात विस्तार गर्न आवश्यक छ । चौकुने गाउँपालिका एक बिकट र सहज यातायात पहँुच नभएको गाउँपालिका भएको हुँदा यसको कृषि उन्नतिका लागि प्रथमत चौकुनेका दशवटै वडामा सहज यातायतको पहुँच विस्तार गर्न जरुरी छ । हुन त स्थानीय सरकारले १० वटै वडाहरुमा सडक विस्तार गरि मुल राजमार्गसंग जोडिसकेको छ । ता पनी मुल राजमार्ग नै बाह्रैमास यातायात चल्न नसक्ने छ । चौकुनेको लगामसम्म त जसोतसो ४–५ महिना यात्रुबाहक र मालबहक गाडी चल्छन तर चौकुनेको अन्तिम सिमाना बेनिघाटसम्म त तेहि ४–५ महिना केही कठिन रिक्क मोलेर जाने मालबहक गाडी बाहेक अरु कुनै बिकल्प छैन । त्यसैले मुल राजमार्गको स्तर उन्नति गरि सहज र सरल बाह्रैमास पहँुच पुग्ने गरि कृषि र कृषकलाइ जोड्नै पर्छ ।जस्ले कृषि उपजका वितरणलाइ टेवा पुगोस् ।

कृषि सडक निर्माण
उत्पादित कृषि उपजहरुको निर्यात गर्न सहज बनाउनका लागि प्रत्येक कृषियोग्य जमिनलाइ पायक पर्ने गरि चौकुनेमा कृषि सडक निर्माण गरि कृषि जमिनसम्मको यातायात बिस्तार गर्नुपर्छ । यसरी बिस्तार गरिएको यातायात पहुँचले कृषि क्षेत्रलाइ औद्योगिकिकरण गर्न सजिलो पर्नेछ ।

कृषियोग्य जमिनको संरक्षण र सम्बद्र्धन
चौकुनेको जमिन अलि बिषमखालको छ । यस गाउापालिकाको तल्लो भाग भेरी र कर्णाली तटीय चुरे क्षेत्र हो भने मथिल्लो भाग महाभारतिय पहाड हो । बिचमा ठडिएको  महाभारतको उत्तरी ढलको बेसिका स–साना फाँट कर्णाली नदि तटिय क्षेत्र हुन । यस हिसाब चौकुनेको उत्तरी सिमाना, पश्चिमी सिमाना र पश्चिम (दक्षिण सिमाना कर्णाली नदिले घेरिएको छ । अनि दक्षिण–पुर्व भेरी नदिले छुदै दक्षिणमा भेरी–कर्णाली मिसिएर दोभान बनेको छ । यसरी हेर्दा चौकुनेको कृषि योग्य जमिन बर्सेनी आउने भेरी–कर्णाली को बाढी अनि चुरे महाभारत पर्वतको छातिमा बग्ने खहरेको बाढी पहिरोले कटान भैरहेको छ । चौकुनेको कृषियोग्य जमिनको क्षयीकरण बडो डरलाग्दो अबस्थामा छ । त्यसैले बेलैमा जमिनको संरक्षण र सम्बद्र्धनका लागि गाउँपालिकाले यथोचित योजना जाली भरान, तटबन्धन, मसिनरी बाल, बृक्षारोपण, जंगल बचाऔं जमिन जोगाऔं अभियान आदि बनाउन आवश्यक छ ।

कृषि तालिम र कृषि ब्यवसायिक योजना निर्माण
कृषि ब्यवसायलाई आफ्नो जिवननस्तर उन्नत बनाउने बाटोकोरुपमा अंगिकार गर्न चाहने चौकुनेका नागरिकहरुलाइ विभिन्न कृषि तालिम मार्फत इम्पावरमेन्ट बनाइ लिपिबद्ध कृषि योजना तयार गरि कृषिको ब्यवसायिकरण गर्न सके हालको नागरिक बिदेश पलायन हुने र बेरोजगारिको समस्या अन्त्य गर्न सकिन्छ ।

कृषि प्राविधिक जनशक्ती ब्यवस्थापन
ब्यवसायिक कृषि प्रणालीलाई उन्नत ज्ञान र प्रविधिद्वारा कृषक र समग्र कृषि प्रणालीको गुणात्मक विकास गर्न कृषि प्रविधिक जनशक्तिको उचित ब्यवस्थापन र उपलब्धता सुनिश्चित गर्नुपर्छ । यसका लागि तत्कालिकरुपमा चौकुनेमा एक वार्ड दुई प्राविधिक कृषि जेटिएरभेटेनरी जेटिएको नीति अबलम्बन गर्न जरुरी देखिन्छ । यसका साथ साथै दिर्घकालिकरुपमा चौकुनेमा एक सुबिधा सम्पन्न कृषि भेट्नरी अस्पताल वा कृषि भेट्नरी अनुसंधान केन्द्रको स्थापना गर्ने रणनीतिक योजना अगाडि बढाउनुपर्छ ।

उन्नत जातका बीउबिजनको उपलब्धता
चौकुनेका कृषकहरुलाइ सजिलै अनुदान स्वरुप सहजरुपमा मौसम अनुसारका उन्नतजातका बीउ बिजन बालिजाती, तरकारी जाती, दाल तेल जाति, फलफुलजाति, पशुपंक्षी जाति आदि उपलब्ध गराउने ब्यवस्था मिलाउनुपर्छ ।

रैथाने बालीनाली,पशुपंक्षीहरुको नश्ल सुधार
कृषिक्षेत्रमा आत्मनिर्भर हुन र कृषि उपजको लागत मूल्य सुलब बनाउन स्थानीय रैथाने बीउबिजनको उपलब्धता अनिवार्य छ । यसका लागि रैथाने बालीनाली तथा पशुपंक्षीको नश्लसुधार गर्ने ब्यवस्था मिलाइ त्यसको बीउ भण्डारणको उचित प्रबन्ध गरि अबश्यकताअनुसार कृषकलाई जुनसुकै बेला उपलब्ध गराउन सक्ने सार्मथ्य चौकुने गाउँपालिकाले राख्नुपर्छ ।

अर्गानिक मलको ब्यवस्था अर्गानिक बिषादी र रसादी
जनताको स्वाथ्यलाइ मध्यनजर गर्दै चौकुनेमा रसायनिक मल र बिषादीको प्रयोगलाई निस्तेज पर्ने र अर्गानिक मलको औधोगिक उत्पादन गरि किसानलाई अनुदानको रुपमा मल वितरण गर्ने प्रबन्ध मिलाउन सके अर्गािनक चौकुनेको नारा साच्चिकै ब्यवहारमा परिणत हुनेथियो ।
कृषि ब्यवसायमा सस्तो कर्जाको ब्यवस्था

वर्तमान पुजिबादी युगमा ब्यवसायिक सोच र जाँगरको पृथकीकरण प्रत्यक्षरुपमा पुजिसँग जोडिएको हुन्छ । गरिबीको रेखामुनी परेका चौकुनेका नागरिकहरु जुन पुजिको अभावका कारण आफ्नो जमिन भएर पनि ब्यवसायिक बन्न सकेका छैनन । तसर्थ चौकुने गाउँपालिकाले बिउबिजन र मल अनुदान दिने र कृषि ब्यवसायका भौतिक संरचना निर्माणका लागि सस्तो करिब ३–४ प्रतिशत कर्जा उपलब्ध गराउने नीति तय गर्नुपर्छ ।
यसका लागि चौकुने गाउँपालिकाले कृषिक्षेत्रमा “म्युचुअल बेनिफिसरी) शून्य खर्च नीति अबलम्बन गर्न सक्छ । जुन नीति अनुसार कार्यविधी निर्माण गरि चौकुनेका कुनै पनि बित्तिय संस्था, सहकारी छनौट गरि त्यसैमार्फत कृषकलाई कर्जा प्रर्वाहको अधिकार दिन सक्छ । यसरी चौकुने गाउँपालिकाका सहकारी, कृषकको त्रिपक्ष्ीाय समन्वय र सहभगितामा चौकुनेको कृषि प्रणालीलाई नयाा दिशा प्रदान गर्न सकिन्छ ।

कृषि बिमाको ब्यवस्था
कृषिमा बिमा प्रणाली कृषकलाई ढुक्क र बिस्वस्त पार्ने उपाय हो ।जुन उपायले कृषक निर्धक्कका साथ कृषि पेशामा संलग्न हुन्छ । कुनै कारणबस कृषकको ब्यवसाय नष्ट वा धरासय भएमा उसले क्षतिपुर्ती पाउने काइदा हो कृषि बिमा । त्यसैले चौकुने गाउापालिकाले कृषि ब्यवसाय गर्न चाहने प्रत्येक किसानको ब्यवसायको बिमा गर्ने ब्यवस्था सुनिश्चित गर्नुपर्छ ।

न्युनतम बचत हुनेगरी कृषि उपजको न्युनतम बिनिमय मुल्य निर्धारण
कृषि उपजको गहिरो अध्ययन गरि गाउँपालिकाले न्यनतम २५ प्रतिशत बचत हुनेगरी कृषि उपजको न्युनतम बिनिमय मूल्य निर्धारण गाउापालिकाद्वारा गरिनुपर्छ । खुल्ला बजारमा कृषकले गाउापालिकाले तोकेको बिनिमय मुल्यमा वा त्यो भन्दा बढी मुल्यमा पनि बेच्न सक्छ । यदि खुला बजारमा कृषकले गाउँपालिकाले तोकेको न्युनतम मूल्य पनि नपाएर कृषि उपज बिक्री नहुने स्थिती आएमा गाउँपालिकाले संवतः न्युनतम मुल्यमा खरिद गर्ने ब्यवस्था मिलाउनुपर्छ । यस प्रकारको रणनीती संघिय सरकारले पनि अखतियार गर्न लागेको हुादा गाउँपालिकाले सोहिअनुसार वा नबाझिने गरि नीति बनाउन जरुरी छ ।

कृषि उपजको भण्डारण र बजारीकरणको ब्यवस्था
वास्तबमा कृषि उत्पादनका मुख्य दुइ वटा प्रयोजन छ्न । पहिलो आफुलाइ पुग्ने गरि खाद्य सुरक्षा ग्यारेण्टी गर्ने, दोस्रो आफुलाई खाद्य सुरक्षा प्रत्याभुती भैसकेपछी बाँकी रहेको बेचेर जिवनका अन्य आवश्यकता परिपुर्ती गर्ने । कृषिमा ब्यवसायिक उत्पादन गर्नु मात्रै ठूलो कुरा होइन । उत्पादित वस्तुलाइ सजिलै बजारमा माग हुने कुराको सुनिश्चितताको प्रबन्ध गाउापालिकाले स्वयंम आफै वा कुनै मार्केटिङ कम्पनी वा विभिन्न कृषि तथा बहुउद्देशीय सहकारी मार्फत बजारीकरणको ब्यवस्था मिलाउने नीति बनाउनु आवश्यक छ । हाम्रो जस्तो गाउापालिकामा तत्कालै खेतबारिबाट सिधै बजारमा माग सम्भब नभएकाले बिस्तारै बजार मोल प्राप्त गर्नेगरी उत्पादित सम्पुर्ण कृषि उपजको उचित तथा सुरक्षित भण्डारणको प्रबन्ध आवश्यक छ । यसका लागि गाउँपालिकाले यसै आर्थिक वर्षमा शीत भण्डारण निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरि वा गराइ अभिलम्ब कार्य प्रारम्भ गर्नुपर्छ ।

भण्डारणको लागि शीत भण्डारको निर्माण
चौकुनेका कृषि सामानले उचित मूल्य पाउनका लागि र तत्कालै बिक्री नभएपनी पछिसम्म सुरक्षित राखी बजारसम्म पुर्याउन तत्कालै एक शितभण्डारको आवश्यकता छ । त्यसका लागि चौकुनेको गुटुमा शीत भण्डारको निर्माण हुन सक्ने सम्भावना र पुर्बाधार छ । तसर्थ चौकुनेको गुटु अर्थात चौकुने–८ मा निर्मित एकसय किलोवाटको सोलार बिद्युतको क्षमताले सानो अकारको कोल्डस्टोर निर्माण हुनसक्ने आधार पनि छ ।

कृषि संकलन केन्द्र निर्माण
चौकुनेका कृषकहरुले उत्पादन गरेका कृषि बस्तुहरुको एकीकृत संकलन गरि बिक्रि बितरणलाई सहज बनाउन चौकुनेको विभिन्न ठाउँहरुमा कृषि संकलन केन्द्र स्थापना गर्नुपर्छ ।जस्तोकी साबिक गुटु गाविसमा मुख्य संकलन केन्द्र र अन्य सबिकका गाविसहरुमा सहायकस्तरका संकलन केन्द्र खोली कृषि उपजको बजारीकरण र भण्डारीकरणलाइ सहज बनाउन सकिन्छ । यसका लागि तत्काल आवश्यक सम्भाब्यता हेरी बजेट ब्यवस्थापन गर्नु आवश्यक छ ।

कृषि हाटबजार संचालन र परिचालन
चौकुनेमा उत्पादित कृषि बस्तुभाउको स्थानीय खपत र बजारीकरणको लागि चौकुनेका विभिन्न ठाउँहरुमा कृषि हाट बजार संचालन गर्ने प्रथाको सुरुवात गरिनुपर्छ । यसका लागि चौकुनेका कम्तिमा पनि पाँच स्थानमा कृषि हाट बजार संचालनमा ल्याउनुपर्छ । यसको पुर्वतयारी चौकुने गाउँपलिकाले गरेको खन्डमा यहाँका किसानहरुले राहत महशुस गर्नेछन र कृषि पेशाले उचित मूल्य पाउने विश्वास पलाउनेछ ।

कृषि उपजमा आधारित घरेलु तथा मझौला उद्योगहरुको स्थापना र संचालन
चौकुनेको कृषि प्रणालीलाई आकर्षक बनाउन प्रत्येक्षरुपमा उद्योगसँग जोड्नुपर्छ । यस प्रयोजन चौकुनेमा कृषि उपजमा आधारित उद्योगहरु स्थापना गरिनुपर्छ । यस्ताखाले उद्योगको स्थापनाले कृषकलाई आफ्नो उत्पादित बस्तुको बिक्री गर्न कुनै कष्ट हुँदैन । यो ब्यवस्थाले उत्पादित कृषि उपजको बजारीकरण सुनिश्चित हुन्छ भने अर्कोतर्फ चौकुनेको गरिबी सदाका लागि अन्त्य हुनेछ । तसर्थ चौकुनेको आर्थिक विकासका लागि चौकुने गाउँपालिकाले अल्पकालिन र दिर्घकालिन योजना बनाई कृषि उपजमा आधारित साना घरेलु तथा मझौला प्रकृतिका उद्योगहरु स्थापना संचालान गर्न र गराउन उत्प्रेरित गर्नुपर्छ ।

कृषि मजदुरहरुको सन्चय कोष र बिमा
कुनै पनि कर्म गर्ने ब्यक्तिले उक्त कर्मद्वारा आफ्नो जीवन र घरपरिवार सुरक्षित बनाउन चाहन्छ । हालसम्म कृषि मजदुरको आर्थिक तथा दुर्घटना सुरक्षाको कुनै भरपर्दो ब्यबस्था देखिदैनै । यसर्थ कृषि मजदुरहरुको बिमा र सञ्चय कोषको ब्यवस्था गर्नाले कृषिक्षेत्र पनि कार्य आकर्षणको केन्द्रबिन्दु बन्नेछ । जस कारण कृषि काम गर्नेहरुको वर्तमानमा रहेको हिनताबोध मेटिएर जानेछ ।

कृषिको यान्त्रिकरण, आधुनिकरण र ब्यवसायीकरण
कुनै पनि क्षेत्रको विकाशका लागि त्यस क्षेत्रमा ज्ञान, प्रविधि, जागरण र जनशक्ति एकसाथ लगाउने हो भने त्यो क्षेत्र रातारात विकासको चरम चुलिमा पुग्न सक्ने कुरामा दुई मत छैन । त्यसैले कृषि विकासको नयाँ र आधुनिक मोडेलले मात्र चौकुनेको आर्थिक विकासले फट्को मार्नसक्छ । यसर्थ चौकुनेको कृषि प्रणालीलाई क्रमशः यान्त्रीकरण, आधुनिकीकरण, ब्यवसायिकरण र औधोगिकरण गरिनुपर्दछ ।

स्वाबलम्बी निर्यातमुखि कृषि प्रणालीको विकास
स्वाबलम्बिपनाले मानिसलाई आफुप्रतिको बिश्वास जागृत गराउँछ ।बिश्वासले उन्नयन दिन्छ र उन्नयनले खुशी हुनसकिन्छ । त्यसकारण पनि चौकुनेलाइ कृषि क्षेत्रमा आत्मनिर्भर बनाई स्वाबलम्बन कायम गर्नुपर्दछ । त्यसपश्चात कृषि उपज आयात गर्ने कार्यलाइ निस्तेज पार्ने नीति लिंदै हाम्रो निर्यातलाइ बढवा दिनुपर्छ । कृषिक्षेत्रको निर्यातमुखी ब्यापार गर्नसके मात्र चौकुनेका नागरिकको आर्थिक विकासको ढोका खुल्नेछ । त्यसैले चौकुनेमा ढिलो चाँडो आत्मनिर्भर निर्यातमुखी कृषि प्रणाली विकास गर्नुपर्छ ।

प्रती (ऐलानी) जग्गा ब्यबस्थापन
चौकुनेभरीका प्रती (ऐलानी) जग्गाको लगत लिइ त्यस्ता जग्गा कस्को र किन बाँझो छोडिएको हो पत्ता लगाई जग्गा बाँझो राख्न नदिने नीति अबलम्बन गरिनिपर्छ । यसका लागि गाउापालिकाले कडा कानुनु बनाई बँझोे जग्गामा उत्पादन सुनिश्चित गर्नुपर्छ । यसरी प्रती जग्गाको ब्यबथापन गर्दा पालिकाले स्वयंम जग्गा धनीले उत्पादन अनिवार्य गर्नुपर्ने, त्यो किमार्थ संभव नभए सदियारले उत्पादन गरि उपभोग गर्न पाउने ,यति पनि नभए कोहि कसैलाइ उत्पादन गरि उपभोग गर्न पाउने गरि कानुनी ब्यवस्था गरेमा सबै प्रती जग्गाले चौकुनेको कृषि उत्पादन बढाउन र भोकमारी हटाउन मद्दत पुग्नेछ ।

पशु पालन
चौकुनेमा कृषि र पशुपंक्षी पालनका प्रसस्त संभावना छ । विशेष गरि चौकुनेको महाभारत क्षेत्र खसी, बाख्रा पालनको लागि उपयुक्त छ । चौकुनेका महभारतिय ठाउँहरु साल्म,खोप्री,रेक्चा,पुच्मा,बाग्मारा,सिमलगैरा,सातसल्ली,धनरास,गैलु,साता,धामिसेन,तालागाउँ आदि मा खसी बाख्राको ब्यवसायिक पालन लाई बढवा दिनुपर्छ । गाउँपालिकाले यस क्षेत्रलाइ खसी, बाख्रा पालन ब्लक घोषणा गरि विशेष नीतिमार्फत सम्बोधन गर्नुपर्छ । चौकुनेमा दुग्ध उतपादनको पनि प्रचुर सम्भावना छ । यहाँको वातावरण र चरिचरन को उपल्ब्धताले गर्दा यस ठाउमा गाई र भैंसीको ब्यवसायिक पालन गर्न सम्भव छ । यस प्रकार चौकुनेलाइ मासु उत्पादन र दुग्ध उत्पादन मा आत्मनिर्भर बनाउन सकिन्छ ।

कृषिमा संस्थागत संरचनाको विकास
अब विभिन्न सरकारी गैरसरकारी, सहकारी संस्थाहरुले कृषि उत्पादनका गफ लगाएर मात्रै कृषिको विकास हुनेवाला छैन । कृषिको संस्थागत विकासका लागि गाउँपालिकाले चौकुनेस्थित सम्पुर्ण संघसंस्था, कृषक समूहहरुलाई कृषि उत्पादन र बजारीकरणको काममा प्रत्यक्ष लाग्न आग्रह गर्नुपर्छ र संघसंस्थाहरुले पनि गम्भीर भएर सोच्न जरुरी छ ।

स्वदेश फर्केका नेपालीको ब्यवस्थापन
पछिल्ला केही बर्षहरुमा नेपालको गरिबी कम भएको थियो । त्यसको एक कारण बिदेश गएका नेपाली श्रमिकहरुले पठाएको रेमिट्यान्स नै हो । तर विश्वमा फैलिएको कोरोना महामारीको संत्रासले नेपाली श्रमशक्ति नेपाल फर्कने निश्चित प्राय छ । नेपालमै भएको जनशक्ति र बिदेशबाट फर्केको जनशक्तिको बारेमा गम्भिर मनन गरि बेलैमा उचित ब्यवस्थापन गर्न सकिएन भने त्यसले हाम्रो क्षेत्रमा बिकराल आर्थिक तथा सामाजिक समस्या, बिकृती र अस्थिरता निम्त्याउने सुनिश्चित छ । यति ठूलो मात्राको जनशक्तिलाई ब्यवस्थित तवरले उत्पादनशिल र शिर्जनशिल बनाई सबैलाइ रोजगारी र स्वरोजगारी बनाउन सकिने एउटा मात्रै क्षेत्र चौकुनेमा कृषि क्षेत्र हो । तसर्थ समस्या आउने निश्चित भएको थाह पाएर पनि समय अगावै ब्यवस्थापनको योजना मन मस्तिष्कमा सुल्झेन भने यो भन्दा ठूलो भूल अरु के हुन सक्छ र? कोरोना महामारीले चुनौनी थपेको मात्र नदेखौ यस्ले हाम्रा लागि एक अर्को महान अवसरको ढोका खोलिदिएको छ ।
निष्कर्ष
‘कृषिको विकास, चौकुनेको आधार, आर्थिक विकासको सार’ ।

(लेखक नेकपा चौकुने गाउँकमिटीका सदस्य हुन्)