शनिबार, कार्तिक १०, २०८१

नगरपालिकाले जन माविको ताला फोड्यो, ‘दादागिरी’ गरेको भन्दै विद्यालय भयाे क्रुद्ध

  
कर्णाली टाइम्स आइतवार, जेष्ठ १८, २०७७

सुर्खेत । कर्णाली प्रदेशको सबैभन्दा ठूलो र पुरानो सुर्खेतस्थित जन नमुना माविले वीरेन्द्रनगर नगरपालिकामाथि दादागिरी गरेको गंभीर आरोप लगाएको छ । विद्यालय परिवारसँग कुनै समन्वय नगरी विद्यालयको उत्तरतर्फको गेटको ताला फोडेर जवरजस्ती मान्छे प्रवेश गराएको उसको भनाइ छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द कोइराला, शिक्षक अभिभावक संघ अध्यक्ष विमल नेपाली र प्रधानाध्यापक यामबहादुर श्रेष्ठद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘कुने मापदण्ड पूरा नगरिएका र पक्षपातपूर्ण र दादागिरी तरिकाबाट गरिने काममा सहकार्य गर्न विद्यालय परिवार बाध्य हुने छैन ।’

विज्ञप्तिमा उल्लेख भएनअनुसार नगरपालिकाको आग्रहमा विद्यालयले अहिले १ सय जना व्यक्तिलाई क्वारेन्टाइनमा राखिरहेको छ । ३० जना व्यक्तिलाई राख्नसक्ने अवस्था भए पनि नगरपालिकाको अनुरोध र परिस्थितिको गाम्भीर्यतालाई मध्यनजर राख्दै क्षमताभन्दा तेब्बर मान्छे राखिएको थियो । ‘यस्तो अवस्थामा थप मानिस विद्यालयले धान्न नसक्ने भन्दाभन्दै नगरपालिकाले ताला फोडेर जवरजस्ती मानिसहरु पसालेको घटनाप्रति विद्यालय परिवार घोर भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस गैरजिम्मेवारपूर्ण कार्यबाट विद्यालय, समुदायलाई हुन जाने क्ष्ँति र ताल्चा फुटालेका कारण विद्यालयको भौतिक सम्पत्तिमाथि पनि क्ष्ँति हुन पुगेमा निरंकुश र पक्ष्ँपातपूर्ण प्रवत्ति देखाउने नगरिपालिका नै जिम्मेवार हुने स्पष्ट पार्न चाहन्छौं ।’ नगरपालिकाले अन्य विद्यालयमा मान्छे राख्नको लागि कुनै पहल नगर्ने जनमाविमा मात्र जवरजस्ती राख्ने कार्य गरी पक्षपातपूर्ण व्यवहार देखाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

विद्यालयले त्यहाँ बस्ने मान्छेहरुको लागि विद्यालयको तर्फबाट २ जना सहयोगी निरन्तर खटिइरहेका जनाएको छ । तर नगरपालिकाको तर्फबाट मास्क, सेनिटाइजर, ग्लोब्सजस्ता सामान्य कुरा पनि उपलव्ध गराइएको छैन । ‘उनीहरुको पनि निजी जीवन छ, काम, कर्तव्य र अधिकार हुन्छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसप्रति उदासिन बन्दै अविवेकी चरित्र प्रदर्शन गर्नु निन्दनीय छ ।’ विद्यालयले विपदको यस परिस्थितिमा आफै अग्रसर भई क्वारेन्टाइनको रुपमा सहयोग गर्ने अग्रसरता देखाएको स्मरण गर्दै यस्तो व्यवहारले सहयोग गर्न बाध्य नहुने स्पष्ट पारेको छ ।