शुक्रबार, बैशाख २१, २०८१

कर्णालीमा कोरोना संक्रमितको संख्या ६७१ पुग्यो

  
जगतदल जनाला विक मंगलबार, जेष्ठ २७, २०७७

 

सुर्खेत । कर्णालीमा सोमबार थप२० जना नयाँ संक्रमित भेटिएका छन् । मंगलबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाइएको छ । सोमबारसम्म कर्णालीमा ६५७ जना पुगेको थियो । मंलबार २० जना नयाँ संक्रमित थपिएपछि कर्णालीमा कोरोना संक्रमितको संख्या ६७१ पुगेको हो । कोरोना संक्रमणबाट दैलेख, सुर्खेत र डोल्पाका एक एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँगै कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । मंलबार मात्र सल्यानका १३ जना, सुर्खेतका ५ जना, जुम्लाका २जना नयाँ संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए । १६ जनाको पीसीआर प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा, २ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा र २ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जम्लामा जाँच गरिएको हो ।

मंगलबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्ति ।