शुक्रबार, बैशाख २१, २०८१

कर्णाली प्रदेश अस्पतालको इमरजेन्सीमा भर्ना गरिएका बिरामीलाई कोरोना पुष्टि भएपछि इमरजेन्सी कक्ष शिल

  
जगतदल जनाला विक बुधबार, जेष्ठ २८, २०७७

सुर्खेत। कर्णाली प्रदेश अस्पतालको इमरजेन्सीमा भर्ना गरिएका बिरामीलाई कोरोना पुष्टि भएपछि इमरजेन्सी कक्ष शिल गरिएको छ ।
इमरजेन्सी कक्षमा भर्ना गरिएका एक विरामीमा कोरोना पुष्टि भएपछि इमरजेन्सी कक्ष शिल गरि उपचारमा संलग्न ५ जना डाक्टरलाई आइसुलेसनमा राखिएको प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए ।

मंगलबार राती बराहताल गाउँपालिका–४ को भेरी माध्यमिक विद्यालयको क्वारेन्टाइमा बसेका ५० वर्षे एक पुरुषलाई सर्पले टोकेपछि अस्पताल भर्ना गरिएको थियो । रातीनै पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको डा. खड्काले बताए । उनले अन्य बिरामीबाट पनि सहि कुराको जानकारी नआएपछि अस्पतालले दिइरहेका सबै सेवाहरु बन्द हुन सक्ने भएकोले सत्य कुराहरु जानकारी गराउन सबैलाई अनुरोध गरेका छन् ।