शुक्रबार, बैशाख २१, २०८१

कर्णाली प्रदेश अस्पतालबाट थप ३१ जनाले कोरोनालाई जितेर घर फर्किए

  
जगतदल जनाला विक शुक्रबार, जेष्ठ ३०, २०७७

 


सुर्खेत । कर्णाली प्रदेश अस्पतालबाट थप ३१ जनाले बिहीबार कोरोनालाई जितेर घर फर्किएका छन् ।
कर्णाली प्रदेश अस्पतालको, कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका ३१ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरू डिस्चार्ज भएका हुन् ।

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा• डम्बर खड्काका अनुसार ११ महिला र २० पुरुषलाई बिहीबार साँझ डिस्चार्ज गरिएको हाे ।

डिस्चार्ज हुनेहरुमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १४ जना, चौकुने गाउँपलिकाका ४ जना, बराहाताल गाउँपालिकाका ४ जना, गुर्भाकोट नगरपालिकाका एकजना, सिम्ता गाउँपालिकाका दुईजना र स्थानीय तहको नाम नखुलेका दुईजना रहेका छन् ।

यस्तै, दैलेखका एकजना, सल्यानका दुईजना र बझाङका एकजना रहेका छन । प्रदेश अस्पतालबाट यसअघि सातजना संक्रमित निको भएर डिस्चार्ज भैसकेका छन् ।