शुक्रबार, बैशाख २१, २०८१

कर्णालीका थप ८३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८४६ पुग्यो

  
जगतदल जनाला विक शुक्रबार, जेष्ठ ३०, २०७७

सुर्खेत । कर्णालीमा मंगलबार थप ८३ जना नयाँ संक्रमित भेटिएका छन् । शुक्रबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाइएको छ । शुक्रबार ८३ जना नयाँ संक्रमित भेटिएपछि कर्णालीमा कोरोना संक्रमितको संख्या ८४६ पुगेको हो । कोरोना संक्रमणबाट दैलेख, सुर्खेत र डोल्पाका एक एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँगै कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । शुक्रबार मात्र सुर्खेतका ४५ जना, दैलेखका ३८ जना नयाँ संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए । ८३ जनाकै पीसीआर प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा जाँच गरिएको हो ।

शुक्रबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्ति ।