सोमवार, बैशाख १७, २०८१

सिंहद्वारा ७ बुँदे सुझावसहित कांग्रेस जिल्ला कार्य समिति बैठक बोलाउन माग

  
कर्णाली टाइम्स शुक्रबार, असार १२, २०७७

सुर्खेत । नेपाली कांग्रेस सुर्खेतका जिल्ला कार्य समिति सदस्य एवं पार्टीका नेता रामबहादुर सिंहले कोरोना महामारीबारे पार्टीको संस्थागत धारणा र प्रतिकार्य योजना बनाउनको लागि जिल्ला कार्य समितिको बैठक माग गरेका छन् । सिंहले असार ९ गते मंगलबार पार्टी सभापति कमलराज रेग्मीलाई ७ बुँदे सुझाव सहित बैठकको माग गरेका हुन् ।

‘कोरोनाबाट बच्न, बचाउन, रोकथाम तथा नियन्त्रण गर्न र अन्य व्यवस्थापनको विषयमा स्थानीय, जिल्ला, प्रदेश र केन्द्रीय तहका नेता कार्यकर्ताले कर्णाली प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवाला पक्षसँग आ–आफ्नै तरिकाले सम्पर्क गरी राय सल्लाह दिने, सहयोग माग गर्ने गरिरहनु भएको छ,’ सिंहले बैठक माग गर्नुको कारण उल्लेख गर्दै भनेका छन्, ‘तर संस्थागत र सामूहिक रुपमा निर्णयमा पुगेर साझा धारणा बन्न नसकेकोले लोकतान्त्रिक विधि, प्रक्रियाबाट छलफल गरी निचोडमा पुग्नु राम्रँे हुन्छ ।’ बैकठले संस्थागत निर्णय गरेमा सोहीअनुसार पार्टीका नेता कार्यकर्ताहरु कोरोनाविरुद्ध लाग्ने उनले अपेक्षा गरेका छन् । सामाजिक दुरी कायम गर्दै बैठक राख्नसमेत उनले सुझाव दिएका छन् ।

कार्य समिति सदस्य सिंहले विभिन्न ७ बु“दामा नेतृत्वलाई बैठक माग गर्नुको कारण सुझावको रुपमा दिएका छन् । सुर्खेत जिल्लाभित्र रहेका सरोकारवालासँग समन्वय गरी क्वारेन्टाइनको अवस्था अध्ययन गरी व्यवस्थापन तथा कोरोना नियन्त्रणको लागि पार्टीको संस्थागत धारणा बनाउन, पार्टीको तर्फबाट मनोबल उच्च बनाउन र प्रेरणा दिनको लागि आवश्यक कदम चाल्नको लागि धारणा बनाउन, राहत वितरणलगायत अन्य व्यवस्थापनको कार्यमा पार्टीका नेता कार्यकर्तालाई खटाउने सन्दर्भमा छलफल गर्नको लागि बैठक बस्नुपर्ने आवश्यकता सुझाइएको छ ।

कोरोना कहरले महामारीको रुप लिइरह“दा कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत जिल्लामा नेपाली कांग्रेसको गतिविधि भने प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन । पार्टीको जिल्ला कार्य समिति बैठक नबसेको पनि लामो समय भएको छ । संकटको बेला सक्रिय भएर लाग्नको लागि कार्यकर्ताहरुले पार्टीलाई आग्रह गरिरहे पनि बैठक बस्न नसक्दा संस्थागत गतिविधि प्रायः शून्यजस्तै छन् । कार्य समिति सदस्य सिंहले सुर्खेतका आमकार्यकर्ताको भावनाबमोजिम बैठक माग गरेको बताए ।

 

यस्ताे छ बैठक माग गर्नुकाे कारण :