शुक्रबार, असार १, २०८१

दैलेखमा क्वारेन्टिनबाट भागेका कोरोना संक्रमितलाई प्रहरी परिचालन गरि फेरि क्वारेन्टिनमा ल्याइँदै

  
जगतदल जनाला विक शुक्रबार, असार १२, २०७७

सुर्खेत । दैलेखको नौमुले गाउँपालिकास्थित भैरव माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा बसेका कोरोना संक्रमितहरु बिहीवार राति भागेका छन् । उनीहरु भागेर गाउँतिर लागेका छन् । ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली कोरोना संक्रमितहरु खोज्न परिचालित भएको छ ।
प्रहरीले राति नै केही कोरोनाका संक्रमितहरुलाई गाउँबाट फर्काएर क्वारेन्टिनमा ल्याएको थियो । आफूहरुलाई कोरोना भाइरस देखिएको १२ दिन नाघिसक्दा पनि थप परीक्षण नभएको भन्दै २१ जना क्वारेन्टिनबाट भागेको नौमुले गाउँपालिकाका अध्यक्ष भद्रे बुढा मगरले बताए ।
अध्यक्ष बुढा मगरका अनुसार भागेकाहरुलाई आज (शुक्रवार)ल्याइदैछ ।