मंगलबार, बैशाख १८, २०८१

सुर्खेतमा पनि देखियो सलह, कृषक चिन्तित

  
कर्णाली टाइम्स शुक्रबार, साउन २, २०७७

सुर्खेत । शुक्रबार दिउँसो सुर्खेतको वीरेन्द्रनगरमा सलह देखिएको छ। ठूलो संख्यामा आएको सलह देखिएपछि सुर्खेतका कृषक चिन्तित बनेका छन् ।
सलहको झुण्ड करिब २ घण्टासम्म वीरेन्द्रनगर भ्यालीको आकाशमा घुमेको थियो।

सलहको प्रवेश भएपछि आफुहरुको बाली नाली नष्ठ हुने चिन्ता बढेको वीरेन्द्रनगर -४ का कृषक दुर्गाराज सापकोटाले बताए ।
कर्णाली प्रदेशमा देखिएको सलहमध्ये अहिलेसम्मकै ठूलो झुण्ड वीरेन्द्रनगरमा देखिएको प्रदेशको कृषि मन्त्रालयले जनाएको छ।

सलह आएपछि स्थानीयले सलह भागाउन थाल, सिटी र टिन बजाएका थिए ।

वीरेन्द्रनगरमा देखिएको सलहको झुण्ड दक्षिणतर्फ गएको छ । सलह दक्षिणतर्फ गएसँगै कर्णालीका पहाडी इलाकामा सलहको जोखिम झन् बढेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कृषकहरूलाई सलहबाट बाली जोगाउनका लागि गर्नुपर्ने अभ्यासबारे विभिन्न माध्यमबाट जानकारी गराएको छ ।