मंगलबार, बैशाख १८, २०८१

समाचार प्रभाव : खाद्यान्न पाएपछि खुसी

  
जगतदल जनाला विक शुक्रबार, साउन २, २०७७
खाद्यान्न सहयोग गर्ने कर्मचारीेलाई नमस्कार गरेर बिदाई गर्दै वीरेन्द्रनगर- ८ की पञ्ची नेपाली ।

सुर्खेत । २०७७ असार १५ गते सोमबार कर्णाली टाइम्स डटकममा न आउँछ राहत, न पाइन्छ काम शिर्षकमा समाचार प्रकाशित भएपछि विश्व खाद्य कार्यक्रममा [WFP NEPAL] कार्यरत कर्मचारीहरुले खाद्यान्न सहयोग गरेका छन् ।
खाद्यान्न पाएपछि पिडित परिवारहरु खुसी भएका छन् ।

उक्त कार्यक्रममा कार्यरत कर्मचारीले स्वयंसेवक रुपमा कोरोना महामारीका कारण लकडाउनको समयमा खाद्य समस्यामा परेका वीरेन्द्रनगरका अति विपन्न ७ घरपरिवारलाई सहयोग गरेका छन् ।
कर्णाली टाइम्ससँगको सहकार्यमा शुक्रबार उक्त खाद्य सामग्री घरमैं गएर वितरण गरिएको हो ।
लकडाउनका कारण समस्या परेका बेला खाद्यान्न पाएपछि वीरेन्द्रनगर–८,की ६० वर्षीया पञ्ची नेपाली खुसी भइन् । ‘आज भोली कामकाज पनि गर्न पाइएको छैन, कतैबाट राहत पनि आउँदैन किनौं भने पैसा पनि छैन,’ पञ्चीले भनिन्, रोजगार विहिन भएपछि बिहान, बेलुका के खाने भन्ने चिन्ता बढेको छ ।’

लकडाउनका कारण काम विहीन भएको बेला सहयोग गरेको भन्दै विश्व खाद्य कार्यक्रम नेपालका कर्मचारीलाई धन्यवाद समेत दिइन् ।
दैलेख घर भै वीरेन्द्रनगर–४ मा भाडामा बस्दै आएका दाले विक लामो समयदेखि खुट्को क्यान्सले पिडित छन् । उनको दैनिकी भनेको बजारमा मागेर मात्र चल्छ तर लकडाउन भएदेखि ६ जनाको उनको परिवारले खाद्यान्नको समस्या झेल्दै आएका छन् ।
अप्ठारो परिस्थितिमा पनि आफुलेलाई सहयोग गरेर ठुलो गुन लगाएको उनको भनाई छ ।

क्यान्सर रोगबाट पिडित वीरेन्द्रनगर -४ मा कोठा भाडा लिएर बस्दै आएका दाले विक ।

यस्तै कर्मचारीहरुले नै लकडाउनका कारण दैनिक बिहान, बेलुका छाक टार्न मुस्कील परेका दैलेख नारायण नगरपालिका नमुना बस्तीका सिमान्तकृत, अतिविपन्न समुदायका ४५ घरपरिवार, कालिकोट खाँडाचक नगरपालिकाका ९ घरपरिवार , सुर्खेत वीरेन्द्रनगर नगरगपालिकाका ७ घरपरिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।
प्रति घरपरिवारलाई दुई हजार बराबरको खाद्य सामग्री वितरण गरिएको छ ।

विश्व खाद्य कार्यक्रम नेपालका कर्मचारीहरुहरुको सहयोगमा दैलेख नारायण नगरपालिकामा सहयोग हस्तान्त्रण गर्दै ।

यो पनि पढ्नुहोस् ।

न आउँछ राहत, न पाइन्छ काम