शनिबार, कार्तिक १०, २०८१

शुक्रवार कर्णालीमा थपिए ११ जना कोरोना संक्रमित

  
कर्णाली टाइम्स शुक्रबार, साउन ९, २०७७

सुर्खेत। शुक्रवार कर्णाली प्रदेशमा ११ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र दैलेख अस्पतालमा गरिएको पिसीआर परीक्षणमध्ये ११ जनामा कोरोना संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ ।
कालिकोटका २ जना, जाजरकोटका १ जना र दैलेखका ८ जनामा कोरोना पुष्टी भएको महाशाखाले जनाएको छ । दैलेखको आठविसकोट नगरपालिका–३ का ४ जना पुरुष, वडा नम्बर ४ र ५ का १ जना महिला, वडा नम्बर ५ का २ जना पुरुष र गुराँस गाउँपालिकाका १ जजना पुरुषमा कोरोना पुष्टी भएको हो ।
यस्तै जाजरकोटको छेडागाड नगरपालिका–१२ का १ जना पुरुष, कालिकोटको सन्नीत्रिवेणी गाउँपालिका–३ का १ जना पुरुष र नरहरीनाथ गाउँपालिका–२ का १ बर्षीय बालकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ८२४ पुगेको छ । शुक्रवारसम्म १ हजार ५८५ जना संक्रमित विभिन्न अस्पताल तथा आईसोलेशनबाट डिस्चार्ज भईसकेका छन् । अब सक्रीय बिरामीको संख्या २३३ रहेको उनले जानकारी दिए । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति ।