बुधबार, जेष्ठ २, २०८१

सफाइका क्रममा पेस्तोल पड्किदा सशत्र हवल्दार घाइते

  
कर्णाली टाइम्स आइतवार, साउन ११, २०७७

सुर्खेत। रुकुम पश्चिम मुसिकोट नगरपालिका–१ मठस्थित सशस्त्र प्रहरीको ४७ नम्बर गुल्ममा कार्यरत हवल्दार पेस्तोलको नियमित सफाईका क्रममा पड्कँदा घाइते भएका छन् ।
बाँकेको कोहलपुर नगरपालिका घर भएका ३७ वर्षीय हवल्दार यामबहादुर खड्का घाइते भएका हुन् ।
आइतबार दिउँसो हातहतियार सफाईका क्रममा पेस्तोल पड्किएपछि खड्काको घुँडाभन्दा माथिको भागमा गोली लागेर घाइते भएका छन् । घाइते खड्कालाई थप उपचारका लागि नेपालगञ्ज पठाइसकिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताए ।