बुधबार, बैशाख १९, २०८१

कर्णालीमा २८ जना संक्रमित थपिए, १६४४ कोरोना मुक्त

  
जगतदल जनाला विक आइतवार, साउन ११, २०७७

सुर्खेत।  आइबार कर्णाली प्रदेशका थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ४ जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा २४ जनामा संक्रमण पुष्टी भएको हो ।

परीक्षणका क्रममा सुर्खेतका ३ जना, दैलेखका २५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यो संगै कर्णालीमा संक्रमितको संख्या एक हजार ८ सय ७९ पुगेको छ ।

कर्णालीमा आइतबार मात्र ५ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । दैलेख अस्पतालबाट ३ जना, प्रदेशअस्पताल सुर्खेतबाट १ जना र लेकवेशी आइसोलेसनबाट १ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएको डा. तिवारीले बताए । यो संगै कोरोना संक्रमण मुक्त हुनेको संख्या एक हजार ६ सय ४४ जना पुगेको छ ।

२ सय २९ जना संक्रमितको विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । हालसम्म कर्णालीमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ ।