शुक्रबार, बैशाख २१, २०८१

आइतबार कर्णालीका ९ जनामा कोरोना पुष्टि

  
जगतदल जनाला विक आइतवार, साउन २५, २०७७

सुर्खेत। आइतबार कर्णालीका ९ं जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा छ महिनाका बालकसहित नौ जनामा कोरोना पुष्टि भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालीकोट पचालभरना गाउँपालिका–४ का ६ महिनाका बालकमा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य महाशाखा जनाएको छ ।

प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ का ६१ वर्षीया महिला, गुर्भाकोट नगरपालिका–७ का २२ वर्षीय पुरुष र दैलेख महावु गाउँपालिका–१ का ४६ वर्षीय पुरुष गरी तीन जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्ला चन्दननाथ नगरपालिका–१ का १७ वर्षीय पुरुष, वडा नं. ३ का २० वर्षीया महिला, वडा नं. ६ का २४ वर्षीया महिला, तिला गाउँपालिका–५ कि २० वर्षीया महिला, कालीकोट शुभकालिका गाउँपालिका–३ का ११ वर्षीय पुरुष, पचालझरना गाउँपालिका–४ का ६ महिनाका बालकमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत करुणा भट्टराईले बताइन् ।

अधिकृत भट्टराईका अनुसार कर्णालीका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट आइतबार १२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको बताइन् ।

कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ९ सय ७९ पुगेको छ भने निको हुनेको संख्या १ हजार ८८० पुगेको छ । हाल विभिन्न अस्पताल र आइसोलेसन सेन्टरहरुमा ९३ जना कोरोना संक्रमणका सक्रिय बिरामीको उपचार भइरहेको स्वास्थ्य महाशाखाले जनाएको छ ।