शनिबार, कार्तिक १०, २०८१

लकडाउन प्रभावितलाई राहत वितरण

  
कर्णाली टाइम्स आइतवार, साउन २५, २०७७

सुर्खेत । सुर्खेतको वीरेन्दनगरमा बस्दै आएका लकडाउन प्रभावित विद्यार्थी तथा अति विपन्नलाई राहत वितरण गरिएको् छ ।
वडा नम्वर १२ कोे समन्वयमा फर द वान [for the one ] नामक संस्थाको आर्थिक सहयोग तथा स्थानीय अगुवाहरुको पहलमा २१ जना घरपरिवारलाई राहत वितरण गरिएको हो ।

कोभिड –१९ को कारणबाट भएको लामो समयसम्मको लकडाउनमा दैनिक ज्याला मजदुरी गरेर खाने परिवारले कामकाज नपाउँदा र टाढाबाट कोठा भाडामा लिएर बसेका विद्यार्थीलाई बिहान बेलुेकाको छाक टार्न समेत मुस्किल परेको थियो ।

नेपाल सरकारले तय गरेको राहत प्याकेज अनुसार नै प्रति घर परिवार २५ केजी चामल, ३ केजी दाल, २ लिटर खानेतेल, २ केजी चिनि, २ नुन, ७ केजी आलु तथा २ वटा साबुन वितरण गरिएको राहत वितरणका अगुवा प्रेम नेपालीले जानकारी दिए ।

दैनिक ज्यालादारी गरेर गुजारा गर्ने आफुले राहत पाउँदा खुसी महशुस भएको वीरेन्द्रनगर –१२ का नगेन्द्र नेपालीले बताए ।