शुक्रबार, बैशाख २१, २०८१

सम्भावित जोखिमबाट बच्न सुर्खेतमा पनि निषेधाज्ञा गरिने

  
कर्णाली टाइम्स बिहीबार, साउन २९, २०७७

                                                                                          सुर्खेत । कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि वीरेन्द्रनगरमा निषेधाज्ञा गरिने भएको छ ।

चार्डपर्वको अवसरमा भीडभाड हुने भएकोले सुर्खेतको भदौ १ गते देखि ५ गतेसम्म निषेधाज्ञा हुने भएको छ ।

बिहीबार जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले भदौ १ गतेदेखि ५ गतेसम्म निधेषाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
‘वीरेन्द्रनगरमा अस्वभाविक तरिकाले हुने भीडभाडका कारण कोरोनाको थप जोखिम बढ्ने् भन्दै नगरपालिकाले सेवा रोक्ने निर्णय जिल्ला प्रशासनमा पठाएपछि हामीले यस्तो निर्णय गरेका हौं,’ प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने,’ नगरपालिकामा दिनप्रतिदिन कोरोना संक्रमितहरूको संख्या पनि बढ्न थालेकोले भदौ १ गते देखि ५ गतेसम्म निषेषाज्ञा लागू गर्ने निर्णय गरिएको हो ।’

प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार अत्याआवश्यक कामबाहेक सबै बन्द हुनेछन् ।

यस्तै सुर्खेत प्रवेश गर्ने मुख्य नाकाहरुबाट भित्रनेहरुलाई अनिवार्य पीसीआर रिपोर्ट देखाउनु पर्नेछ । मुख्यमगरी सुर्खेत भित्रने बबई, कुइने, कालिमाटी काल्चेबाट सुर्खेत भित्रनेहरुले अनिवार्य पीसीआर नेगेटिभ भएको रिपोर्ट देखाए मात्रै प्रवेश गर्न दिने प्रजिअ रेग्मीको भनाई छ ।