शुक्रबार, कार्तिक ९, २०८१

कोरोना नियन्त्रणमा सरकार दिशाबिहीन बनेको काङ्ग्रेसको आरोप

  
कर्णाली टाइम्स बिहीबार, भदौ ११, २०७७

                                                                                  सुर्खेत । नेपाली काङ्ग्रेसले सरकार कोरोना नियन्त्रणमा दिशाबिहीन र योजनाबिहीन बनेको आरोप लगाएको छ । पार्टीद्वारा सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले जारी गरेको प्रेस नोटमा यस्तो आरोप लगाइएको छ । समितिले सरकारलाई विभिन्न १३ बुदे सुझावसमेत दिएको छ । समितिमा सदस्य रहेका काङ्ग्रेसका युवा नेता एवं पूर्वसभाषद राजीवबिक्रम शाहले सरकारले नियन्त्रण र रोकथामको लागि ठोस योजना ल्याउन नसकेको बताए । `अब सरकारी अस्पतालले धान्न सक्ने अवस्था रहेन, निजी अस्पतालमा पनि कोरोना उपचारको व्यवस्था मिलाउनु पर्छ,´ उनले भने, `अस्पतालमा पर्याप्त आइसीयू र भेन्टिलेटरसहित उपकरणको पनि व्यवस्था गर्नुपर्छ ।´ उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको सुरुमामा पनि ध्यान दिनुपर्ने उनले बताए । सबै तहका स्वास्थ्यकर्मीलाई कोरोनासम्बन्धी तालिम दिनुका साथै जोखिम भत्तासमेत दिनुपर्ने सुझाव दिइएको उनको भनाइ छ ।समितिले शैक्षिक सत्र खेर नजाने गरि बैकल्पिक शिक्षाको प्रबन्ध गर्न, हवाइ र स्थलमार्गबाट स्वदेश फर्किनेलाई क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गरिएको समितिका सदस्य शाहले बताए ।