बुधबार, बैशाख १९, २०८१

डा. पुण्यप्रसाद रेग्मी उपकुलपति बन्दै

  
कर्णाली टाइम्स शुक्रबार, असोज ९, २०७७

सुर्खेत । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मीलाई नेपाल सरकारले कृषि तथा वन विश्‍वविद्यालयको उपकुलपतिमा नियुक्त गर्ने तयारी गरेको छ । बालुवाटारमा आज भएको प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलमा रेग्मीलाई उपकुलपतिमा नियुक्त गर्ने तयारी भएको स्रोतलाइ उल्लेख गर्दै बाह्रखरी अनलाइनले लेखेकाे छ । महेन्द्र संस्कृत विश्‍वविद्यालय दाङको उपकुलपतिमा डा. यादव लामिछानेलाई नियुक्त गर्ने निर्णय भएको स्रोतले जानकारी दियो ।