शुक्रबार, बैशाख २१, २०८१

जबर्जस्ती करणीपछि फरार अभियुक्त ११ बर्षपछि पक्राउ

  
कर्णाली टाइम्स बुधबार, कार्तिक १९, २०७७


सुर्खेत । सल्यान प्रहरीले बालिका बलात्कार गरी फरार रहेका अभियुक्तलाई ११ बर्षपछि पक्राउ गरेको छ । सल्यानकाे कालीमाटी गाउँपालिका-२ का नारायणप्रसाद कँडेललाई असोज ३ गते पक्राउ गरेको हो ।
६ बर्षीया बालिकालाई करणी गरी फरार भएका उनलाई पक्राउ गरी जिल्ला अदालत सल्यानमा बुझाईएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कँडेलले २०६५ चैत १७ गते ६ बर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको मुद्दा परेको थियो । जिल्ला अदालत सल्यानले उनलाई २ बर्ष ६ महिना कैद सजायको फैसला सुनाएको थियो ।
यस्तै जिल्ला प्रहरी कार्यालय सल्यानले बहुविवाह मुद्दा र जातीय भेदभाव तथा छुवाछुतसम्बन्ध मुद्दाका फरार २ जना अभियुक्तलाई पनि पक्राउ गरेको छ । असोज ८ गते बहुविवाह मुद्दाका अभियुक्तलाई पक्राउ गरेको हो भने १७ गते जातीय भेदभावसम्बन्धी मुद्दाका फररा अभियुक्तलाई पक्राउ गरेको हो ।