शुक्रबार, जेष्ठ ४, २०८१

जुवाखालबाट सात जना पक्राउ

  
कर्णाली टाइम्स बुधबार, कार्तिक १९, २०७७

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले जुवाखालबाट सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–७ ईत्राममा जुवा खेलिरहेका र खेलाईरहेका गरी सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान १ बजेतिर जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा खटिएको टोलीले एक जना घरधनीसहित सात जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर–८ का जीवन सुनार, ७ का खगेन्द्र खत्री, चेतन आचार्य, वडा नम्बर ९ का प्रवेश गुरुङ, ३ का खम्ब बहादुर शाही, वडा नम्बर ६ का निराजन शाही, वीरेन्द्रनगर–७ की निर्मला शाही छन् ।
निर्मला जुवा खेलिरहेको घरकी घरधनी हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उनले आफ्नो घरमा अरु ६ जनालाई राखेर जुवा खेलाईरहेको अवस्थामा पक्राउ परेकी हुन् । यस्तै जुवाखालबाटै ५६ हजार ६१० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।