शनिबार, कार्तिक १०, २०८१

८ बर्ष कैद तोकिएका फरार अभियुक्त ३० बर्षपछि पक्राउ

  
कर्णाली टाइम्स मंगलबार, कार्तिक १८, २०७७

सुर्खेत । कुटपिट मुद्दामा ८ बर्ष कैद सजाय तोकिएका एक जना फरार अभियुक्त ३० बर्षपछि पक्राउ परेका छन् । फरार रहेका अभियुक्त मानबहादुर सुनारलाई सुर्खेत प्रहरीले उनलाई मंगलबार बर्दियाको बाँसगढीबाट पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बाबियाचौरको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
२०४७ पुस २६ गते जिल्ला अदालतले उनलार्य कैद सजायको फैसला गरेको हो । छिमेकीलाई कुटपीट गरी अंगभंग बनाएको अभियोग उनीमाथि लागेको थियो । अदालतले उनलाई ८ बर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार साविकको सालकोट गाविस तथा हालको पञ्चपुरी नगरपलिका–२ का सुनारले २०४६ चैत १३ गते छिमेकी तुलाराम निउरेलाई कुटपीट गरेका थिए ।
उनीसहित सहोदर तीन भाई यो घटनामा संलग्न थिए । जसमध्ये अमरसहित दुई भाई पक्राउ परिसकेका छन् भने एक जना फरार छन् । तीनै भाईलाई अदालतले ८/८ बर्ष कैद सजाय सुनाएको थियो ।