आइतवार, बैशाख २३, २०८१

सुर्खेतमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

  
कर्णाली टाइम्स शनिबार, कार्तिक २९, २०७७


सुर्खेत । कोरोना संक्रमणबाट सुर्खेतका एक पुरुषको मृत्यु भएको छ । शनिवार बिहान सुर्खेतको वीरेन्द्रनगर–८ का ६० बर्षीय पुरुषको मृत्यु भएको हो ।
कात्तिक २३ गते गरिएको पिसीआर परीक्षणमा उनलाई कोरोना पुष्टी भएको थियो । २४ गते उनलाई सास फेर्न गाह्रो भएपछि कर्णाली प्रदेश अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा उनलाई अक्सिजन दिएर उपचार भईरहेको अवस्थामा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाले उनको शव व्यवस्थापन गरिएको मन्त्रालयले जनाएकाे छ । याेसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण भई मृत्यु हुनेकाे संख्या १७ पुगेकाे छ ।