शनिबार, कार्तिक १०, २०८१

कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमितको मृत्यु

  
कर्णाली टाइम्स बुधबार, पुस २२, २०७७


सर्खेत । सुर्खेतका एक जना कोरोना संक्रमित बृद्धको कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको छ । बुधबार दिउँसो १२ बजे सुर्खेतको गुर्भाकोट नगरपालिका–८ का ७४ बर्षीय बृद्धको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको सवास्थ्य सेवा महाशाखाले जनाएको छ ।
खोकीसँगै सास फेर्न कठिनाई भएपछि उनलाई पुष ७ गते कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको थियो । आकस्मिक कक्षमा भर्ना गरिएका उनलाई ९ गते अस्पतालको विशेष उपचार कक्षमा भर्ना गरिएको थियो ।
पुष १२ गते स्वाब संकलन गरी पिसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । त्यसपछि आईसीयुमा भर्ना गरिएको उनको बुधबार मृत्यु भएको हो । उनले स्वासप्रस्वास सम्बन्धी औषधी समेत सेवन गर्ने गरेको उनले जानकारी दिउ ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वय र नेपाली सेनाको सहयोगमा उनको शव व्यवस्थापन गरिएको छ ।

योसँगै कर्णाली प्रदेशमा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेतका १६, दैलेखका ६, डोल्पा, कालिकोट, र रुकुम पश्मिका एक÷उक जनाको मृत्यु भएको छ । यस्तै बाँकेका २ जना र स्याङ्जाका एकजना कोरोना संक्रमितको कर्णाली प्रदेशमा मृत्यु भएको महाशाखाले जनाएको छ