शनिबार, कार्तिक १०, २०८१

‘मोटेग्याङ्ग’ले दियो धर्नामा बसेका वादी समुदायका बालवालिकालाई शैक्षिक सामग्री

  
कर्णाली टाइम्स आइतवार, फागुन १६, २०७७

सुर्खेत । सुर्खेतमा रहेको मोटेग्याङ्गले विगत सात दिनदेखि धर्नामा बसेका बादी समुदायका बालवालिकाका लागि शैक्षिक सामग्री प्रदान गरेको छ । शनिवार बेलुका मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका बालवालिकाहरुका लागि शैक्षिक सामग्री दिईएको हो ।
बालवालिकालाई पढ्न र लेख्न आवश्यक पर्ने कापी, कलम वर्णमाला, खेलौना लगायतका शैक्षिक सामग्री दिईएको मोटेग्याङ्ग नेपालका एड्मीन कुमार थापा ले बताए । विद्यालय बाहिर रहेका बेला पनि बालवालिकाले उपयोगी ज्ञान लिन सक्ने सामग्री प्रदान गरिएको उनले बताए ।
यस्तै त्यहाँ रहेका बादी समुदायका लागि खानेकुरा पनि दिईएको उनले बताए । स्थायी लालपूर्जा सहितको खेतीयोग्य जमिनको माग गर्दै कालिकोट, दैलखे र सुर्खेतका विभिन्न ठाउँमा बस्दै आएका ४०० बढी बादी समुदाय कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका छन् ।