मंगलबार, बैशाख १८, २०८१

माधव नेपाल पक्षले फ्लोर क्रस गरेपछि जोगियो कर्णाली सरकार

  
कर्णाली टाइम्स शुक्रबार, बैशाख ३, २०७८


सुर्खेत । कर्णाली प्रदेशको सरकार जोगिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बहुमत जुटाएका हुन्। शुक्रबार प्रदेश सभामा विश्वासको मत लिएका शाहीको पक्षमा २२ मत आएको छ भने विपक्षमा जम्मा १५ मत परेको छ।
नेकपा एमालेको माधवकुमार नेपाल पक्षले ‘फ्लोर क्रस’ गरेर नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेपछि उनको सरकार जोगिएको हो।
शाहीलाई नेपाली कांग्रेसले पनि समर्थन गरेको छ। आज भएको मतदानमा ३७ जना सांसद उपस्थित थिए। यसअघि नेकपा एमालेका सांसद यामलाल कँडेलले पार्टीका सांसद एक भएर जानुपर्ने बताएका थिए।
तर नेपाल पक्षधर सांसदले शाहीका पक्षमा मतदान गरेपछि कर्णालीको मुख्यमन्त्री हुने कँडेलको सपना तुहिएको हो।
प्रदेश सभामा सभामुखसहित एमालेका २० जना सांसद छन्। तीमध्ये चार जनाले आज फ्लोर क्रस गरेको देखिन्छ।
यहाँ माओवादीका १२ सांसद छन्।
एक सांसद रहेको राप्रपाले पहिले मुख्यमन्त्री शाहीको पक्षमा मत दिए पनि फिर्ता लिएर विपक्षमा मतदान गरेकी थिइन्। #सेतोपाटी