शुक्रबार, बैशाख २१, २०८१

सेनाको ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु

  
कर्णाली टाइम्स मंगलबार, बैशाख १४, २०७८


सुर्खेत । सुर्खेतमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएको छ । पिपीरास्थित नेपाली सेनाको ब्यारेक नजिकै ब १ ग ३४८९ नम्बरको ट्रकले ठक्कर दिँदा वीरेन्द्रनगर–१२ बस्ने ५० बर्षीया मनिकला सापकोटाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार बजारदेखि ब्यारेकतर्फ जाँदै गरेको सेनाको ट्रकले सोमबार बेलुका ति महिलालाई ठक्कर दिएको हो ।
घटनापछि ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको डिएसपी घर्तीले बताए । स्थानीयले बाटो अवरुद्ध गरेका छन् ।