मंगलबार, बैशाख १८, २०८१

सर्वोच्चले गर्यो कर्णालीका चार सांसदको पुनर्वहाली

  
कर्णाली टाइम्स बिहीबार, जेष्ठ २७, २०७८


सुर्खेत । फ्लाेर क्रस गरेपछि पार्टीको कारबाहीमा परेका कर्णालीका चार जना सांसदकाे पुनर्वहाली भएको छ। सर्वोच्च अदालतले उनीहरुलाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको छ।
न्यायाधीश प्रकाशसिंह राउतको बिहिवारको इजलासले सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको हो।
वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिलाउन उनीहरुलले फ्लोर क्रस गरेका थिए। संसदीय दलको ह्वीप उल्लंघन गरी फ्लोर क्रस गरेको भन्दै नेकपा एमाले महाधिवेशन आयोजक कमिटीले उनीहरूलाई पार्टीको सदस्य र सांसदबाट बर्खास्त गरेको थियो।
पार्टीको केन्द्रीय कमिटीले कारबाही गर्नुपर्नेमा महाधिवेशन आयोजक कमिटीले गरेको कारबाही नमिलेको ठहर गर्दै पुनर्बहालीको फैसला गरिएको हो ।
पुनर्बहाली भएका सांसदमध्य कुर्मराज शाही र नन्दसिहं बुढा मन्त्री छन् ।