आइतवार, बैशाख २३, २०८१

कर्णालीमा बजेट कार्यान्वयनमा सुझाव दिन सत्तारुढ माओवादी केन्द्रले बनायो संयोजन समिति

  
कर्णाली टाइम्स मंगलबार, साउन ५, २०७८
संसदीय दलले गरेका निर्णयबारे जानकारी गराउँदै प्रमुख सचेतक विष्ट

सुर्खेत। माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले बजेट कार्यान्वयनका क्रममा सुझाव दिन संयोजन समिति बनाएको छ। सत्तारुढ माओवादी केन्द्र संसदीय दलको सोमबार बसेको वैठकले विभिन्न विषयगत समितिहरु बनाएको हो।
संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर विष्टका अनुसार पूर्वाधार, मुख्यमन्त्री रोजगार कार्यक्रम, दलित, महिला लक्षित वर्ग समुदाय, अल्पसंख्यक, लोपोन्मुख, सिमान्तकृत, विपन्न वर्ग समुदाय, राउटे समुदाय लगायतका विषयगत संयोजन समिति बनाएको हो।
यि समितिहरुमा तत्काल कसैलाई जिम्मेवारी भने तोकिएको छैन । छिट्टै संयोजक तोकेर समितिमार्फत गतिविधिहरु सञ्चालन गरिने र समितिहरु मन्त्रीहरुको संयोजकत्वमा रहने विष्टले जानकारी दिए।