कर्णाली टाइम्स
सोमवार, साउन ११, २०७८

सुर्खेत। लागुऔषध लागुऔषधसहित सुर्खेतबाट दुईजना पक्राउ परेका छन् । सोबार वीरेन्द्रनगर–५ गणेशचोकबाट स्थानीय सन्दीप विक र खडानन्द पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।
शंकाष्पद रुपमा फेला परेका उनीहरुलाई खानतलासी गर्दा ३०० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
सन्दीप विकले बायाँ हातमा लुकाएको अवस्थामा ३ पुडिया लागुऔषध भेटिएको हो । पक्राउ परेका दुवैजनामाथि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
