आइतवार, बैशाख २३, २०८१

लागुऔषध त्यागेर उद्यममा लाग्न युवाहरुलाई सामाजिक विकास मन्त्री बुढाको सुझाव

  
कर्णाली टाइम्स बुधबार, साउन १३, २०७८

सुर्खेत। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञ बहादुर बुढाक्षेत्रीले युवाहरु लागूऔषधको दुव्र्यसनीबाट मुक्त हुनुपर्ने बताएका छन् । उनले युवाहरुलाई लागुऔषधबाट मुक्त गराई उद्यममा केन्द्रित गराउनुपर्नेमा जोड दिए ।
बुधबार विश्व हेपाटाइटिस दिवसको अवसरमा रिकभरिङ नेपालले बुझाएको ज्ञापनपत्र बुझ्नै मन्त्री बुढाले भने, ‘पछिल्लो समयमा युवाहरु लागूऔषधको दुव्र्यसनीमा फसेको देखिन्छ, यसले समाजलाई क्षति पु¥याउँछ ।’
हरेक दृष्टिकोणले पछि परेको कर्णाली जस्तो प्रदेशका युवाहरु अब दुव्र्यसनीबाट मुक्त भई उद्यममा लाग्नुपर्ने सुझाव उनले दिए । कर्णाली प्रदेश सरकारले युवाहरुलाई उद्यममा लगाउन आवश्यक भूमिका खेल्ने पनि मन्त्री बुढाले बताए ।
उनले उद्यम गर्ने योजनासहित आएका युवाहरुलाई सरकारले आवश्यक सहयोग समेत गर्ने प्रतिवद्धता जनाए ।
रिकभरिङ लागुऔषध प्रयोगकर्ताहरुलाई मुक्त हुन प्रेरित गर्दै उपचार तथा क्षती न्यूनिकरणमा काम गर्ने सेवादायी संस्थाहरुको सञ्जाल हो ।