शुक्रबार, जेष्ठ ४, २०८१

कर्णालीमा डुंगा पल्टिँदा एकजनाको मृत्यु, तीनजना वेपत्ता

  
कर्णाली टाइम्स आइतवार, साउन १७, २०७८
डुंगा पल्टिएको कर्णाली नदीको भाग । तस्विर सौजन्य: हरिचन्द्र भण्डारी

सुर्खेत। कर्णाली नदीमा डुंगा पल्टिँदा घाइते भएकी एक जनाको मृत्यु भएको छ। सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा डुंगा पल्टिँदा घाइते भएकी महिलाको मृत्यु भएको हो।
कैलाली मोहन्याल गाउँपालिका वडा ३ की १९ वर्षीय धनसरा सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
घाइते भएका डेढ वर्षीय बालकको कैलालीको सोल्टामा स्वास्थ्य चौकीमा र चार महिने शिशुको बिजौरा स्वास्थ्य चौकी सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
आइतबार मध्यान्ह १२ बजे मोहन्याल गाउँपालिका वडा नम्बर ३ राँगा मलेखाबाट सुर्खेत जान कर्णाली नदी तर्ने बेला १० जना चढेको डुंगा पल्टिएको थियो। डुंगामा सवारमध्य तीनजा वेपत्ता रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार डुंगामा सवार ४ जना सकुशल रहेका छन् ।
राँगा मलेखा मोहन्याल गाउँपालिकाको विकट क्षेत्र हो। त्यहाँ एउटा खोप केन्द्र नहुँदा स्थानीयहरू सुर्खेतको बिजौरामा रहेको स्वास्थ्य चौकीमा खोप लगाउन पुग्छन्। यहाँ पुल नहुँदा स्थानीयले समस्या भोग्दै आएका छन्।