बिहीबार, बैशाख २०, २०८१

यो आर्थिक बर्षदेखि कर्णाली प्रदेश अस्पतालमै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने

  
कर्णाली टाइम्स शुक्रबार, चैत्र ११, २०७८


सुर्खेत। कर्णाली प्रदेश अस्पतालमा यो आर्थिक बर्षदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ। बिहिवार भक्तपुरका सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र कर्णाली प्रदेश अस्पतालबीच यो विषयमा सम्झौता भएको छ।
केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।
यसै आर्थिक वर्षदेखि प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण सुरु गर्ने, कर्णाली प्रदेशका अरु विभिन्न अस्पतालहरुमा डायलासिस सेवा विस्तार गर्ने र यसका लागि राष्ट्रिय प्रत्यारोपण केन्द्रमार्फत तालिम तथा अध्यापन गराउने विषयमा सम्झौता भएको कर्णाली प्रदेश अस्पताल निर्देशक डा. खड्काले बताए।
अब यसै आर्थिक बर्षदेखि प्रदेश अस्पतालमा पनि यो सेवा सुरु गर्नेगरि तयारी भईरहेको उनले बताए।
केही जनशक्ति, स्रोतसाधन र तालिमको व्यवस्थापनपछि कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने डा. खड्काले बताए।